समाचार
आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसको प्रभावका कारणले देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त
तिलिचो न्यूज संवाददाता२०८३ कार्तिक २ गते १२:३५
५७
0
CommentsShares

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसको प्रभावका कारणले देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा देशभरका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी, देशको हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन वा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




