समाचार
आज कहाँ कहाँ हुँदैछ वर्षा र हिमपात? यस्तो छ मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ।
त
तिलिचो न्यूज संवाददाता२०८३ कार्तिक २७ गते १२:२९
३६
0
CommentsShares

काठमाडौँ- हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराई भेग, उपत्यका तथा खोँचमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी भागमा मुख्यतया मौसम सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
त्यसैगरी, आज राति हिमाली तथा पहाडी भागमा आंशिक बदली हुने छ भने तराईमा मौसम सफा रहनेछ।
हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




