आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो
सांसद सुनारले ‘कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ’ भन्दै आईजीपी कार्कीमाथि भ्रष्टाचारको आरोप लगाउँदै छानबिन र बर्खास्तीको माग गरेका थिए । सार्वजनिक लेखा समितिको बैठक तथा संसदमा प्रहरीको पोशाक, जुत्ता र मोजा खरिदमा करोडौँ रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै उनले आईजीपी कार्कीलाई तत्काल बर्खास्त गर्न माग गरेका थिए ।

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबारे दिएको अभिव्यक्तिको अंश संसदीय रेकर्डबाट मंगलबार हटाइएको छ ।
सभामुख डोलप्रसाद अर्यालले गत भदौ २६ गतेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सुनारले कार्कीबारे बोलेका विवादित अंश रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।
सांसद सुनारले ‘कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ’ भन्दै आईजीपी कार्कीमाथि भ्रष्टाचारको आरोप लगाउँदै छानबिन र बर्खास्तीको माग गरेका थिए ।
सार्वजनिक लेखा समितिको बैठक तथा संसदमा प्रहरीको पोशाक, जुत्ता र मोजा खरिदमा करोडौँ रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै उनले आईजीपी कार्कीलाई तत्काल बर्खास्त गर्न माग गरेका थिए ।
उनको अभिव्यक्तिलाई लिएर पूर्वप्रहरी अधिकारी तथा अन्य सांसदहरूले विरोध जनाउँदै संसदमा अमर्यादित र शिष्टाचारविपरीत भाषा प्रयोग भएको भन्दै उक्त अंश संसदीय रेकर्डबाट हटाउन माग गरेका थिए ।
लेखा समितिको बैठकमा समेत सुनार र अन्य सांसदबीच बहस चर्किएको थियो । त्यसक्रममा आक्रोशित सुनार बैठक छाडेर हिँडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




