Logo
Logo
राजनिती

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

त
तिलिचो न्यूज
२०८२ माघ १५ गते ०५:०९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ, १४ माघः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफलमा उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई विजय गराउन पार्टीभित्र एकता आवश्यक रहेको बताउनुभएको हो ।

महामन्त्री पौडेलले भन्नुभयो,“फागुन २१ मा हुने निर्वाचन आफ्नो आस्था र अस्तित्वसँग जोडिएको विषय हो, पार्टीभित्रका सबै उम्मेदवारलाई जिताउनु सबैको जिम्मेवारी रहन्छ । पार्टीले पछिल्लो परिस्थिति र जनभावनाअनुसार लोकप्रिय उम्मेदवार तय गरेको छ । पार्टीभित्र एकता कायम राख्नेगरी टिकट वितरण गरिएको छ । क्रियाशील सदस्य नै पार्टीको जितको आधार भएकाले सबै एकताबद्ध भएर लागौँ ।”

उहाँले पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने र देश विकासमा प्रस्ट दृष्टिकोण समेट्ने गरी घोषणापत्र ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले निर्वाचनमा परिणाम ल्याउने गरी सामाजिक सञ्जालको सदुपयोग गर्न पनि आग्रह गर्दै पार्टी बदलिएको सन्देश आम कार्यकर्ता र जनता दिन जरुरी रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित