६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे
उनले लेखेका छन्, ‘ ।’ उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदैछु

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ उद्धारमा फर्किएका छन् ।
रसुवाको चिलिमे जलविद्युत आयोजनामा ६ जना सुरुङभित्र फँसेको सूचना आएको भन्दै उनी त्यतातर्फ लागेका हुन् ।
सुरुङविज्ञसमेत रहेका सांसद न्यौपाने रसुवा बाढीबाट प्रभावित त्रिशुली ३ ए को सुरुङमा सुरुदेखि उद्धारमा खटिएका थिए ।
तर, रास्वपाले उद्धारमा अवरोध हुने गरी सुरुङमा नबस्न सांसदहरुलाई निर्देशन दिएपछि उनी र अर्का सांसद सागर ढकाल काठमाडौं फर्किए ।
तर आज रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीले सांसदद्वय न्यौपाने र ढकाललाई लक्षित गर्दै कुनै पनि निर्णय नगरेको स्पष्टिकरण दिएका छन् ।
यसले न्यौपानेलाई पुन सुरुङ उद्धारमा संलग्न हुने बाटो खुलेको हो । यसअघि उनले पार्टीले निर्णय फिर्ता नलिएमा संसद पदबाटै राजीनामा दिने चेतावनी दिएका थिए ।
आज एक स्टाटस लेख्दै न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘ ।’
उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदैछु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




