Logo
Logo
समाचार

४ दिनदेखि सरकारी वेबसाइट ठप्प

वेबसाइट बनाउन प्रयोग हुने पीएचपी कोडिङ प्रणालीमा सुरक्षा कमजोरी देखिएको भन्दै बिहीबार बन्द गरिएका धेरैजसो अझैसम्म खुल्न सकेका छैनन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ८ गते २०:५०
३४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ– सरकारी कामलाई कागजविहीन र लाइनमुक्त बनाउने सरकारी दाबी फेरि एक पटक कमजोर साबित भएको छ। वेबसाइट बनाउन प्रयोग हुने पीएचपी कोडिङ प्रणालीमा सुरक्षा कमजोरी देखिएको भन्दै बिहीबार बन्द गरिएका धेरैजसो अझैसम्म खुल्न सकेका छैनन्।

एउटै प्रकृतिको समस्या भएका बैंक तथा वित्तीय संस्था एवं निजी क्षेत्रका निकायले केही घण्टाभित्रै समस्या समाधान गरिसक्दा सरकारी निकायहरू भने अझै अलमलमै देखिन्छन्।

कुन–कुन मुख्य सेवा प्रभावित भए ?

सरकारी वेभसाइट बन्द हुँदा अधिकांश वेभसाइटहरु बन्द नै छन् । कतिपय अत्यावश्यक सेवादेखि कतिपय सार्वजनिक सूचनाको माध्यम बन्न सक्ने वेभसाइटहरु बन्द भएका हुन् ।

जनताको सबैभन्दा धेरै चासो रहेको सवारी चालक अनुमति पत्रको अनलाइन इनरोलमेन्ट गर्नुपर्ने यातायात व्यवस्था विभागको वेबसाइट अहिलेसम्म खुल्न सकेको छैन । सोमबारदेखि सुचारु हुने सेवा लिन यसअघि नै खुल्नुपर्ने वेबसाइट नखुल्दा नयाँ लाइसेन्सका लागि अनलाइन फाराम भर्ने काम रोकिएको छ।

ढुवानीका लागि अत्यावश्यक मानिएको राजश्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको भीसीटीएस प्रणाली अहिले बन्द छ । यो प्रणाली बन्द हुँदा अहिले ट्रक तथा कन्टेनर चलाउनेले बिलबिजक बोकेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

केन्द्रीय बैंककै वेबसाइट बन्द छ। दैनिक विदेशी मुद्राको विनिमय दर, ब्याजदर जस्ता महत्त्वपूर्ण सूचनाका लागि राष्ट्र बैंकले अहिले सामाजिक सञ्जालको सहारा लिनुपरेको छ। मालपोत सेवा प्रवाह गर्ने भूमि व्यवस्था तथा अभिलेख विभागको साइट नचल्दा देशभरका भूसेवा केन्द्रमार्फत हुने जग्गासम्बन्धी अनलाइन सेवाहरू प्रभावित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित