Logo
Logo
समाचार

२४ घण्टामा सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, २७८ घाइते

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १ गते १९:५६
३९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २७८ जना घाइते भएका छन्।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको शनिबारको २४ घण्टे सवारी दुर्घटनासम्बन्धी विवरणअनुसार देशका विभिन्न प्रदेशमा भएका दुर्घटनामा उक्त संख्यामा मानवीय क्षति भएको हो।

विवरणअनुसार कोशी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा १ जनाको मृत्यु हुँदा ४० जना घाइते भएका छन्।

कर्णाली प्रदेशमा १० जना र गण्डकी प्रदेशमा ५८ जना घाइते भएका छन्। त्यस्तै, बागमती प्रदेशमा २० जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा मात्र २२ जना घाइते भएका छन्। यसैगरी, मधेश प्रदेशमा ४३ जना र सुदूरपश्चिम प्रदेशमा १९ जना घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित