Logo
Logo
समाचार

१३ लाखभन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता, मानवीय संकट गहिरिँदै गर्दा ८८ लाख डलर सहयोगको अपिल

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले सार्वजनिक गरेको विवरण अनुसार यसरी स्वदेश फर्किनेहरूको लहर तिब्र भएसँगै अफगानिस्तानका स्थानीय समुदायहरूमा आवास तथा आधारभूत सेवा–सुविधाको चरम अभाव देखिएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १६ गते १४:२७
३०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । छिमेकी मुलुकहरू इरान र पाकिस्तानबाट हालसम्म १३ लाखभन्दा बढी अफगान नागरिक आफ्नो देश फर्किएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले सार्वजनिक गरेको विवरण अनुसार यसरी स्वदेश फर्किनेहरूको लहर तिब्र भएसँगै अफगानिस्तानका स्थानीय समुदायहरूमा आवास तथा आधारभूत सेवा–सुविधाको चरम अभाव देखिएको छ । आसन्न हिउँद मौसमका कारण मानवीय जोखिम थप जटिल बन्ने भन्दै संस्थाले तत्काल ८८ लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग जुटाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ ।

छिमेकी मुलुकहरूबाट ऐतिहासिक रूपमा ठूलो संख्यामा अफगान नागरिकहरू स्वदेश फर्किने क्रम जारी रहँदा युद्ध र आर्थिक संकटले थलिएको अफगानिस्तानको आन्तरिक अवस्था झनै चुनौतीपूर्ण बन्दै गएको छ । आईओएमका अनुसार पछिल्लो समय सीमा पार गरेर दैनिक हजारौँको संख्यामा नागरिकहरू असुरक्षित र अनिश्चित भविष्यतर्फ धकेलिँदै घर फर्कन बाध्य भएका हुन् । अफगानिस्तानका लागि आईओएमका मिसन प्रमुख मिह्युङ पार्कले फर्किरहेका परिवारहरू पहिलेदेखि नै संकटग्रस्त रहेका बस्तीहरूमा पुगिरहेको जानकारी दिएका छन् ।

जाडो याममा अफगानिस्तानका दुर्गम हिमाली क्षेत्रहरू हिउँका कारण देशका अन्य भागबाट पूर्ण रूपमा विच्छेद हुने गर्दछन् । यस्तो अवस्था आउनुपूर्व नै विपन्न परिवारहरूलाई आश्रय र न्यानो लुगाको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए। ठूलो संख्यामा भइरहेको यो पुनरागमनले अफगानिस्तानका कमजोर सामाजिक संरचना र सीमित स्रोतसाधनलाई थेग्नै नसक्ने सीमामा पुर्‍याएको छ । विशेषगरी स्वास्थ्य, खानेपानी र खाद्यान्नजस्ता आधारभूत आवश्यकताको अभावमा बालबालिका तथा ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी जोखिममा परेका छन् । आईओएमले संयुक्त राष्ट्रसङ्घीय अन्तर–एजेन्सी वित्तीय अभाव पूर्ति गर्न दाता राष्ट्रहरूसँग ८८ लाख अमेरिकी डलर सहयोगको माग गरेको छ ।

यस सहयोग रकमबाट हिउँदमा अत्यावश्यक पर्ने विन्टर किट्स, आपतकालीन अस्थायी बासस्थान सामग्री र दैनिक उपभोग्य घरायसी सामग्रीहरू खरिद गरी हालै फर्किएका नागरिक, आन्तरिक रूपमा विस्थापित समुदाय र जोखिममा रहेका विपन्न वर्गलाई समयमै वितरण गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित