Logo
Logo
समाचार

१२ करोडभन्दा बढी हानि पुर्‍याएको आरोपमा आयोजना प्रमुख पक्राउ

दुग्ध विकास संस्थान (डीडीसी)लाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ आर्थिक हानि पुर्‍याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मालाई पक्राउ गरेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २८ गते ०१:२५
६१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)लाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ आर्थिक हानि पुर्‍याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मालाई पक्राउ गरेको छ ।

काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि ब्युरोले ४५ वर्षीय शर्मालाई कात्तिक २७ गते शुक्रबार ललितपुर महानगरपालिका-२५, भैँसेपाटीबाट पक्राउ गरेको हो । सर्लाहीको रामनगर गाउँपालिका-३ स्थायी ठेगाना भएका शर्मा भैँसेपाटीमा बस्दै आएका थिए ।

ब्युरोका अनुसार गैरकानुनी आर्थिक लाभ लिएर संस्थानलाई नोक्सानी पुर्‍याएको भन्ने उजुरीपछि प्रारम्भिक छानबिन थालिएको थियो । संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक तहका उच्च अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीको मिलेमतोमा विभिन्न समूह खडा गरी संस्थानलाई प्रत्यक्ष आर्थिक हानि पुर्‍याइएको प्रारम्भिक छानबिनमा देखिएको ब्युरोले जनाएको छ ।

शर्मामाथि आपराधिक विश्वासघात तथा संगठीत अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित