Logo
Logo
विविध

१०० रुपैयाँको बिलबाट १० लाख जित्ने मौका,कसरी सहभागी हुने ?

त
तिलिचो न्यूज
२०८३ साउन २३ गते १२:२२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं — सरकारले उपभोक्तालाई कर प्रणालीमा सहभागी गराउने उद्देश्यले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा अब न्यूनतम १०० रुपैयाँको सामान खरिद गर्नेले पनि १० लाख रुपैयाँसम्म जित्ने अवसर पाउने भएका छन्।

आन्तरिक राजस्व विभागका अनुसार पहिलो चरणमा १ साउन २०८३ देखि १५ साउन २०८३ सम्म सहभागी भएका करदातामध्ये लक्की ड्रमार्फत १६ जना विजेता छनोट गरिएको छ। जसमा एक जनाले १० लाख रुपैयाँ र १५ जनाले जनही १ लाख रुपैयाँको उपहार जितेका छन्।

विभागले अब हरेक १५ दिनमा (पाक्षिक रूपमा) यही प्रक्रियाबाट एक जनालाई १० लाख रुपैयाँ र १५ जनालाई जनही १ लाख रुपैयाँको उपहार प्रदान गरिने जनाएको छ। १६ साउनदेखि ३१ साउनसम्म सहभागी हुने उपभोक्तालाई आगामी चरणको लक्की ड्रमा समावेश गरिनेछ।

कसरी सहभागी हुने ?

उपहार योजनामा सहभागी हुन उपभोक्ताले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कल बिल लिनुपर्नेछ। प्यान वा भ्याट बिलमध्ये कुनै पनि सक्कल बिल भएमा सहभागी हुन सकिनेछ।

कम्तीमा १०० रुपैयाँको कारोबार गरेपछि बिललाई आन्तरिक राजस्व विभागले उपलब्ध गराएको अनलाइन पोर्टलमार्फत दर्ता गर्न सकिन्छ। विभागको वेबसाइटमा रहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ विकल्पमा गएर बिल दर्ता गर्नुपर्नेछ।

बिल दर्ता गर्दा भुक्तानीको माध्यम (नगद वा विद्युतीय भुक्तानी), बिल नम्बर, बिक्रेताको प्यान नम्बर, बिल जारी भएको मिति र कारोबार रकम उल्लेख गर्नुपर्छ।

त्यसपछि खरिदकर्ताले आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना विवरण भरेर सुरक्षा जाँच पूरा गरेपछि ‘पुरस्कार कुपन सिर्जना गर्नुहोस्’ विकल्पमा क्लिक गर्नुपर्नेछ। प्राप्त कुपन नम्बर नै लक्की ड्रमा सहभागी हुने आधार हुनेछ।

डिजिटल भुक्तानी गर्ने स्वतः सहभागी

विभागका अनुसार क्यूआरलगायत विद्युतीय भुक्तानी प्रणाली प्रयोग गरी कारोबार गर्ने उपभोक्ता भने स्वतः यस कार्यक्रममा सहभागी हुनेछन्।

पहिलो लक्की ड्रमा शिवकृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताको कुपन नम्बर ००७३१५२५४४९३ ले १० लाख रुपैयाँ जितेको विभागले जनाएको छ।

१० लाख जित्दा हातमा कति रकम पर्छ ?

सरकारी नियमअनुसार उपहार रकममा २५ प्रतिशत कर कट्टी हुनेछ। त्यसअनुसार १० लाख रुपैयाँको उपहार जित्ने विजेताले २ लाख ५० हजार रुपैयाँ कर तिर्नुपर्नेछ।

कर कट्टीपछि विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछ। आयकर ऐन, २०५८ अनुसार आकस्मिक लाभअन्तर्गत उपहार तथा पुरस्कारमा २५ प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ।

यस्तै, करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ अनुसार पहिलो चरणका दैनिक विजेताहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ।

सरकारले कर तिर्ने संस्कृतिलाई प्रोत्साहन गर्न र बिल लिने बानी विकास गराउन यस्तो उपहार कार्यक्रम सञ्चालन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

निर्वाचन आउन २३ दिन बाँकी, ४४ जिल्लाको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकी, ४४ जिल्लाको मतपत्र छपाइ सकियो

बजेट अर्धवार्षिक समीक्षा : परराष्ट्र अब्बल, सहरी विकास र उद्योग सबैभन्दा कमजोर

बजेट अर्धवार्षिक समीक्षा : परराष्ट्र अब्बल, सहरी विकास र उद्योग सबैभन्दा कमजोर

मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू

मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित