Logo
Logo
समाज

१० वर्षपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन

त
तिलिचो न्यूज
२०८३ साउन ३० गते १७:१२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले नयाँ लोगोमा अक्षरको डिजाइनलाई परिमार्जन गर्दै थप आधुनिक र स्पष्ट बनाएको हो ।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले इन्स्टाग्राम र थ्रेड्समार्फत नयाँ वर्डमार्क सार्वजनिक गरेका हुन् । उनका अनुसार नयाँ डिजाइन पहिलेको लोगोको पहिचानलाई कायम राख्दै अक्षरलाई थप सफा, आधुनिक र आकर्षक बनाइएको छ ।

नयाँ वर्डमार्कमा इन्स्टाग्रामको परिचित स्क्रिप्ट शैलीलाई निरन्तरता दिइएको छ । तर अक्षरहरूको आकार र संरचनामा केही परिवर्तन गरिएको छ । विशेषगरी ‘च’ अक्षरको नयाँ डिजाइनले प्रयोगकर्ताको ध्यान खिचेको छ ।

मोसेरीले इन्स्टाग्रामको एपमा देखिने वर्डमार्क करिब १० वर्षदेखि परिवर्तन नगरिएको भन्दै समयअनुसार यसलाई परिमार्जन गरिएको बताएका छन् । नयाँ डिजाइनले इन्स्टाग्रामको पुरानो पहिचान र सरलतालाई समेत समेटेको उनको भनाइ छ ।

इन्स्टाग्रामले पछिल्लोपटक सन् २०१६ मा आफ्नो समग्र ब्रान्ड डिजाइनमा ठूलो परिवर्तन गरेको थियो । त्यसबेला कम्पनीले पुरानो खैरो क्यामेरा र इन्द्रेणी रंगको स्ट्राइप भएको लोगो हटाएर अहिले प्रयोगमा रहेको रंगीन गुलाबी ग्रेडियन्टसहितको क्यामेरा आइकन ल्याएको थियो ।

नयाँ वर्डमार्क सार्वजनिक भएपछि प्रयोगकर्ताबाट भने मिश्रित प्रतिक्रिया आएको छ । केहीले नयाँ डिजाइनलाई आधुनिक र आकर्षक भन्दै स्वागत गरेका छन् भने केहीले परिवर्तन निराशाजनक भएको प्रतिक्रिया दिएका छन् । इन्स्टाग्रामको मुख्य आइकनमा भने यसपटक ठूलो परिवर्तन गरिएको छैन । नयाँ परिवर्तन मुख्यतः एप तथा ब्रान्डिङमा प्रयोग हुने वर्डमार्कमा केन्द्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

६ दलले पाए राष्ट्रिय दलको मान्यता

६ दलले पाए राष्ट्रिय दलको मान्यता

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित