Logo
Logo
सूचना-प्रविधि

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

त
तिलिचो न्यूज
२०८२ फागुन ८ गते १५:४३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं– आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको छ। राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले यो अभियान सुरु गर्न लागेको हो।

प्रतियोगितामा सहभागी हुन चाहनेले निर्वाचन आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषयमा आधारित करिब एक मिनेटको भिडियो तयार गरी आफ्नै सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ। सोही भिडियो फागुन १७ गतेभित्र आयोगको इमेलमा समेत पठाउनुपर्ने व्यवस्था गरिएको छ।

आयोगका अनुसार प्राप्त भिडियोमध्ये सबैभन्दा धेरै भ्युज पाउने तीन वटा भिडियोलाई पुरस्कार प्रदान गरिनेछ। पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रोलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ।

भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा तयार गरिएको हुनुपर्नेछ। सामग्री संवादात्मक र सन्देशमूलक हुनुपर्नेछ भने मौलिक अडियो, प्रस्तुति र अभिनयलाई प्राथमिकता दिइने आयोगले जनाएको छ।

निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा सही तरिकाले छाप लगाउने विधि, आचारसंहिता पालना, मतदाताको अधिकार र कर्तव्य तथा योग्य उम्मेदवार छनोटजस्ता विषय समेट्नुपर्नेछ। सहभागीले कुनै एक विषयमा एक मात्र भिडियो पठाउन सक्नेछन्। दुई वा सोभन्दा बढी व्यक्तिको समूहले पनि संयुक्त रूपमा भिडियो बनाउन सक्ने व्यवस्था गरिएको छ।

प्राप्त सबै भिडियोमाथि आयोगको अधिकार रहनेछ र आवश्यक ठानेमा आफ्ना सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सकिनेछ। तोकिएको मापदण्ड पूरा नगरेका वा समयसीमा नाघेर आएका भिडियो भने स्वीकार गरिने छैनन्।

उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ र आयोगको संयुक्त मूल्यांकनबाट गरिने सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

टिकटकबाट प्रयोगकर्ताको पलायन: गोपनीयताको संशय र विकल्पहरूको उदय

टिकटकबाट प्रयोगकर्ताको पलायन: गोपनीयताको संशय र विकल्पहरूको उदय

एप्पलको अर्बौंको मुआब्जा: आइफोन प्रयोगकर्ताको खातामा किन पैसा आउँदैछ?

एप्पलको अर्बौंको मुआब्जा: आइफोन प्रयोगकर्ताको खातामा किन पैसा आउँदैछ?

आचारसंहिता उल्लंघन गर्ने ७५ जनासँग स्पष्टीकरण माग, ५२ ले पठाए जवाफ

आचारसंहिता उल्लंघन गर्ने ७५ जनासँग स्पष्टीकरण माग, ५२ ले पठाए जवाफ

धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु पुष्टि, २८ घाइतेको उद्धार

धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु पुष्टि, २८ घाइतेको उद्धार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित