Logo
Logo
विविध

मधेश सरकार संकटमा ! जनमतका १० सांसदले समर्थन फिर्ता लिए

त
तिलिचो न्यूज
२०८३ बैशाख २२ गते ०३:४५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

जनकपुरधाम । मधेश प्रदेश सरकारलाई दिएको समर्थनबारे जनमत पार्टीभित्र तीव्र विवाद देखिएको छ।

पार्टीका एक समूहले सरकारबाट समर्थन फिर्ता लिएको दाबी गरे पनि संसदीय दलका नेताले भने त्यसलाई अस्वीकार गरेका छन्।

स्रोतका अनुसार जनमत पार्टीका सचेतक चन्दन सिंहसहित १० जना प्रदेश सभा सदस्यहरूले नेपाली कांग्रेसका कृष्ण प्रसाद यादव नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन्। उनीहरूले हस्ताक्षरसहित औपचारिक जानकारी गराएको जनाइएको छ।

तर, जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले भने आफूहरूले सरकारबाट समर्थन फिर्ता नलिएको बताएका छन्।

उनी हाल सोही सरकारमा अर्थमन्त्रीको जिम्मेवारीमा छन्।

जनमत पार्टीका कुल १३ प्रदेश सभा सदस्य रहेका छन्। तीमध्ये बबिता इशर राउत उपसभामुख पदमा छन् भने पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले यसअघि नै पदबाट राजीनामा दिई अन्य दलमा आबद्ध भइसकेका छन्।

पार्टी स्रोतका अनुसार संसदीय दलका नेता बाहेकका १० जना सदस्यहरूले समर्थन फिर्ताको पक्षमा हस्ताक्षर गरेका हुन्।

साथै, केन्द्रको निर्देशनअनुसार महेश प्रसाद यादवलाई संसदीय दलको नेताबाट हटाउने तयारीसमेत भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित