मकै छर्दै कृषक (फोटो फिचर)



यतिबेला पहाडी क्षेत्रका किसानहरुलाई बारीमा मकै छर्न भ्याइनभ्याई छ ।

प्रविधिले कृषिमा ठूलै परिवर्तन ल्याइसकेको छ । तर, राइनास नगरपालिका, वडा नं १० का कृषकहरु अझै पनि परम्परागत कृषिकै अभ्यास गरिरहेका छन् ।

परम्परागत कृषि शैलीलाई अभ्यास गरेको गरेकै कारण लागत धेरै लाग्ने र आम्दानी कम हुने गरेको पाइएको छ ।

कृषिकर्ममा लाग्ने जनशक्ति र परम्परागत शैलीमा धेरै लागत र समय खर्च हुने गरेकाले पहाडी लक्षेत्रका अधिकांश जमिनहरु बाँझै रहेको अवस्था छ ।

हाम्रा स्थानिय तहहरुले अन्य प्रविधिमा विकास गर्न प्राथमिकता दिएको पाइएको छ भने कृषि क्षेत्रमा खासै चासो र चिनता प्रकट गरेको पाइएको छैन ।

 

Comments Box