चन्द्रकान्त राउतको दौडधुप ; सन्चारमाध्याममा छ्यापछ्याप्ती, नेता र परिचितहरुसँग हार लागेर फोटो

प्रत्यक्षतर्फ एक सिट तथा समानुपातिकतर्फ तीन लाख ९४ हजार पाँच सय १६ मत ल्याई मधेसमा उदयमान वैकल्पिक राजनीतिक शक्ति



राष्ट्रिय जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (CK) राउतले निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेपछी २०७९ मंसिर ८ बिहिवार मधेशको राजनीतिमा नयाँ युगको शुरुवात् भएको जनाउदै ५ वटा बुदा समेटेर धन्नेवाद ज्ञापन गरे ।

 

नतिजा आएसँगै राजनीतिक भेटघाटमा व्यस्त रहेको राष्ट्रिय जनमत पार्टीका अध्यक्ष राउतले अझै भेटवार्तालाई निरन्तरता दिईरहेका छन । नेताहरु सङको भेटघाट मात्र होईन , उनि सन्चारमाध्याममा पनि उत्तिकै छ्याप-छ्याप्ती छन । हेरौं सामाजिक सन्जालमा आएका जानकारीहरु:

राउतले २०७९ मंसिर २१ गते एकै दिन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एवम् लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

 

२०७९ मंसिर  १५ गते  बुधबार राउतले नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिसँग उनकै निवासमा पुगेर भेटवार्ता गरे। निधिसँग भेटवार्ता गरेर राउतले सन्देश पनि दिन खोजेका छन्, जनमत पार्टी सरकारमा सहभागी हुन चाहन्छ। तर उचित भागबण्डासहित।

 

२०७९ मंसिर १५, बिहीबार राउत र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका राउतले साँझ खुमलटार पुगेर माओवादी अध्यक्ष दाहाललाई भेटेका हुन्।

 

मधेशकेन्द्रित राजनीतिक दलहरु संविधानका अन्तर्वस्तुमा गलफत्ती गरिरहेका बेला राउतले तराई/मधेशलाई बेग्लै राज्य बनाउने घोषणा गरे, जुन मधेश केन्द्रितसहित सबै दलका भन्दा फरक, संविधानभन्दा फरक एजेण्डा थियो ।

 

नको राजनीतिक उद्धेश्य तराई/मधेशको मात्र आर्थिक, सामाजिक रुपान्तरण हो कि समग्र देशको भन्ने पनि खुलिसकेको छैन । उनको पार्टीप्रतिको बिश्वास यसको खुलासामा पनि निर्भर छ ।

 

प्रश्नहरुकावीच मधेशकेन्द्रीत दलका लागि राउत नेतृत्वको दल पक्कै चुनौति बन्नेछ । १२ बर्षदेखि संबिधान र सत्ताको एजेण्डा वरिपरि घुमिरहेका मधेश केन्द्रित दललाई एजेण्डामा पुनर्विचार गर्न बाध्य पार्ने र आफूपनि यो बाटोमा लाग्न खोजेको हो भने राउतको कदम साँच्चिकै स्वागतयोग्य छ ।


 

“संसदमा बहुमत पुर्‍याउन हामी नै निर्णायक हुन्छौं”

नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसदको दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

 

प्रतिनिधिसभा सदस्यको यही मंसिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको संघीय संसदमा प्रतिनिधित्व हुने देखिएको छ।

 

नतिजा सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि अंकको जोड घटाउ तथा सघन वार्ता र संवाद सुरू भइसकेको छ।

 

यसै सन्दर्भमा विगतमा मधेसका मुद्दा उठाएर भूमिगत राजनीति गर्दै आएका चन्द्रकान्त (सिके) राउतको जनमत पार्टी पनि यसपटक राष्ट्रिय पार्टीको मान्यताका साथ सदनमा प्रवेश गर्दैछ।

 

लाउड स्पिकर चुनाव चिह्नमार्फत् प्रत्यक्षतर्फ एक सिट तथा समानुपातिकतर्फ तीन लाख ९४ हजार पाँच सय १६ मत ल्याई मधेसमा उदयमान वैकल्पिक राजनीतिक शक्तिका  रूपमा देखिएको छ।

 

मधेस आन्दोलनका अगुवाका रूपमा स्थापित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष राउत पहिलोपटक सदन प्रवेश गर्न लागेका हुन्।

 

सप्तरी जिल्लाको महदेवा गाउँमा जन्मेका राउत पेशाले इञ्जिनियर हुन्।

अध्यक्ष राउतले आफूहरूले उठाएका स्वास्थ्य, शिक्षा, सुशासन र किसानका मुद्दालाई जनताले हामीमाथि भरोसा राखेर निर्वाचनबाट अनुमोदन गरेको प्रतिक्रिया दिए।

उनले भने, ‘हामीले उठाएका मुद्दालाई विश्वास गरेर जनताबाट अनुमोदन भएको छ, संसदमा बहुमत पुर्‍याउनका लागि पनि हाम्रो सिट नै निर्णायक हुन्छ।’

निर्वाचनपछि नयाँ सरकार गठनका लागि दल र नेताबीच भइरहेको भेटवार्ता, सङ्ख्याको जोड घटाउलगायत समसामयिक विषयमा अध्यक्ष राउतसँग गरिएको कुराकानीको सम्पादित अंश:

निर्वाचनमा भाग लिनुभयो, राम्रो नतिजा हासिल गर्नुभएको छ, सर्वप्रथम त तपाईंलाई हार्दिक बधाई र शुभकामना। अहिलेको निर्वाचनलाई यहाँले कसरी लिनुभएको छ ?

निर्वाचन आफैंमा लोकतान्त्रिक प्रक्रिया हो, त्यसमा भाग लिन र जनमत हासिल गर्न पाउँदा निकै खुसी लागेको छ। जनमत हासिल गर्ने यो औपचारिक माध्यम हो। यसबाट हाम्रा एजेण्डा जनताबाट अनुमोदित छन् कि छैन भन्ने परीक्षण भएको छ। जनताले हामीमाथि भरोसा राखेर खरोरूपमा उत्रेकामा खुसी लागेको छ।

यहाँले राजनीति अघि बढाउँदाको अवस्था र अहिलेको परिवेश फेरिएको छ, यसलाई कसरी तुलना गर्नुहुन्छ?

विगतमा जनमत छ वा छैन भनी मापन गर्ने आधार थिएन। हामी राजनीतिक मूलधारको प्रक्रियामा पनि सहभागी थिएनौं। आमसभा र कार्यक्रम हुन्थ्यो तर जनसमर्थन कति छ भनेर औपचारिक मापन थिएन। त्यसबेला सरकारबाट विभिन्न बाधा अड्चन हाल्ने काम हुन्थ्यो। अहिले मूलधारमा आइसकेपछि खुला राजनीति गर्न पाएका छौं। जनताका बीचमा जान र एजेण्डा लैजान पाएका छौं। निर्वाचनमा भाग लिएर जनताबाट अनुमोदित पनि भएका छौं। शिक्षा, स्वास्थ्य र रोजगारीको एजेण्डालाई लिएर निर्णय गर्ने ठाउँतिर अघि बढेका छौं। त्यो ठाउँसम्म पुग्नेछौं।

अहिले राजनीतिक मूलधारमा आएपछि कस्तो महसुस गर्नुभएको छ?

अहिले खुला राजनीतिमा आएपछि जनतामाझ जान र कुरा बुझ्न पाइन्छ। निर्वाचनमार्फत् जनमत पनि परीक्षण गर्न पाएका छौं। त्यो एउटा व्यापक फरक अनुभूति हामीले गरेका छौं। राज्य र संविधानले दिएको अधिकारको पूर्ण उपभोग गरेका छौं।

पहिलोपटक आम निर्वाचनमा गइरहँदा यहाँले उठाएको एजेण्डालाई जनताले कसरी बुझेको पाउनुभयो, मतदाताको अपेक्षा के रह्यो?

जनताले हाम्रा एजेण्डालाई सकारात्मक रूपमा लिएको पाएका छौं किनकि यसअघिका राजनीतिक दलले लोकतन्त्र, संघीयता र गणतन्त्रजस्ता जति पनि एजेण्डा ल्याए, ती विशुद्ध राजनीतिक एजेण्डा मात्र थिए। यसबीचमा शिक्षा, स्वास्थ्य, रोजगारीका विषयलाई कसैले पनि प्राथमिकता दिएनन्। हामीले  सेवा प्रवाहका अतिरिक्त भ्रष्टाचार न्यूनीकरण, सुशासन र किसानका मुद्दालाई उठायौं, त्यसलाई जनताले सकारात्मक रूपमा ग्रहण गरेको अवस्था छ। यी मुद्दालाई अरूले नउठाएका कारण पनि जनमत पार्टी नै ठीक हो भनी जनताले विश्वास गरेका हुन्।

जनताले दिएको अभिमतलाई यहाँले अहिले कसरी ग्रहण गर्नुभएको छ र निर्वाचनलाई कसरी लिनुभएको छ? यो निर्वाचनलाई सफल/असफल कसरी मापन गर्नुहुन्छ?

विगतको तुलनामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ। निर्वाचन कम भड्किलो, संयमित र विश्वसनीय रहेको तथा आचारसंहिता पालनामा पनि प्रगति भएको भनी पर्यवेक्षकहरूले प्रतिवेदन बुझाएको अवस्था छ।

जनताले हामीलाई जुन मत दिएका छन् त्यसलाई म परिवर्तनका लागि दिएको मान्दछु। त्यो जनमतलाई हामी खेर जान दिन्नौं।

जनताको अपेक्षा एकातिर छ, तपाईंहरूको भूमिका अर्कोतिर छ। कानून बनाउने, नीति बनाउने भूमिका हो, जनताको माग सिँचाइतर्फ देखिन्छ यसलाई कसरी तालमेल मिलाउनुहुन्छ?

आम बुझाइ त्यस्तै छ तर संसद भनेको खाली ऐन कानुन बनाउने थलो मात्रै होइन। मुलुकका यावत् समस्या सम्बोधन गर्न के कस्तो नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ भनी गहन छलफल र मन्थन गर्ने ठाउँ पनि संसद नै हो भन्ने महत्वपूर्ण पक्षलाई कसैले बिर्सन हुँदैन। संसदमा पुगेर नै आफ्नो नीति कार्यान्वयन गर्न सकिन्छ। त्यहीँबाटै नीति योजना कार्यक्रम पारित हुने हो नि।

उदाहरणका लागि भनौं, अझै पनि धेरै बालबालिकाले आधारभूत शिक्षा पाउन सकेका छैनन् भने किसानले मलबिउ नपाएको अवस्था छ। त्यसैले बालबालिका लागि राष्ट्रिय साक्षारता कार्यक्रम तथा किसानका लागि मलखादका विषय संसदमा आवाज उठाउने र त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न सकिन्छ। संसद जनप्रतिनिधिले उठाएका मुद्दा सम्बोधन गर्ने थलो पनि हो।

निर्वाचन परिणाम, मिलिजुली सरकार र उठेको अस्थिरताको आशंकालाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ? सरकार गठनमा यहाँको दलको भूमिका के रहन्छ?

हामीले विगतमा दुई तिहाइ बहुमतको सरकार देखिसकेका छौं। दुई तिहाइ आउँदैमा त्यो स्थिर हुन्छ भन्ने पनि रहेन। बहुमत आउँदैमा र सरकार बन्दैमा राजनीति स्थिर हुन्छ भन्नै पनि छैन। अहिले कसैको पनि स्पष्ट बहुमत नआएको अवस्था छ। त्यसको पनि एउटा सकारात्मक पक्ष छ, यसले पार्टी विशेषलाई अहम् पाल्न दिँदैन। सबैलाई मिलाएर जानुपर्छ, सानाभन्दा साना दल र आवाजका मुद्दालाई समेटेर जानुपर्छ भन्ने सन्देश दिएको छ। सहमति र सहकार्यको आवश्यकतालाई नै जनताले जोड दिएका छन्।

मूल कुरा भनेको नियत हो, राजनीतिक दल र नेताका नियत सफा भएमा दीर्घकालीन रूपमा जान सकिन्छ। जनमत पार्टीले अहिले ल्याएको सिट सङ्ख्या निर्णायक छ। सरकार गठनका लागि संसदमा बहुमत पुर्‍याउनका लागि हाम्रो छ सिट निर्णायक हुन्छ। प्रदेशमा पनि जनमत पार्टीको समर्थन बेगर सरकार बन्नसक्ने अवस्था रहन्न। हामी नजाँदा सरकार नै बन्दैन, त्यो भनेको ‘डेड्लक’को अवस्था हुन्छ। हाम्रो जिम्मेवारी भनेको निकास दिनु हो, हामी दिन्छौं। जसले हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारीका माग र मुद्दालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छन् उसलाई नै हामी पनि समर्थन गर्छाैं।

अहिलेको अवस्थामा अरू राजनीतिक दललाई के भन्नुहुन्छ, मतदातालाई के सन्देश छ ?

अन्य राजनीतिक दललाई के भन्न चाहन्छु भने यसभन्दाअघि जे जति भए, जे जस्तो गर्नुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु। जनताले निर्वाचनमार्फत् अहिले परिवर्तन खोज्न दिएको सन्देश आत्मसात् गर्नुस्। अन्यथा गरिए राजनीतिक दलहरूप्रति विद्रोह र वितृष्णा अझ बढेर जान सक्छ। अहिले सच्चिने मौका छ। सबैले जनमतको कदर गरौं। सेवा प्रवाह र जनताका माग मुद्दालाई केन्द्रित भएर अघि बढौं। जनमतको कदर गर्दै उनीहरूको सेवामा समर्पित होऔं।  जनताले पनि दलहरूलाई निरन्तर खबरदारी र निगरानी गरिरहनु पर्छ।

संसद र सरकारमा प्रवेश गरेपछि यहाँको पहिलो एजेण्डा के हुन्छ?

संसद र सरकारमा प्रवेश गरेपछि सेवा प्रवाहमा हाम्रो ध्यान केन्द्रित हुन्छ। अहिलेको अवस्थामा बेरोजगारी प्रमुख समस्या हो। लाखौं युवा विदेसिन बाध्य भएका छन्। रोजगारी देशभित्रै सिर्जना गरिनुपर्छ। साक्षरता दर बढाउने, स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय तुल्याउने, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने, सेवा प्रवाहमा ढिलासुस्ती हटाउनेजस्ता एजेण्डा नै हाम्रा प्राथमिकताहरू हुन्। तिनकै कार्यान्वयनका लागि हाम्रो पहल हुनेछ।

तपाईंहरू मधेसको वैकल्पिक शक्तिका रूपमा उदाउनुभएको छ, यो अवस्थामा मधेसका अन्य शक्तिहरूसँगको सहकार्यको योजना के छ?

सहकार्य जोसँग पनि हुनसक्छ, हामीले पाएको जनमत एक्लै निर्णायक छैन। कसै न कसैसँग सहकार्य गरेरै सरकार बनाउनुपर्ने हुन्छ। त्यसकारण सहकार्य गर्ने सम्भावना जोसँग पनि हुन्छ। मूल विषय भनेको हाम्रा माग र मुद्दाप्रति सकारात्मक हुनुपर्‍यो। हामी केबल मन्त्री बन्न र सरकारमा जानैका लागि मात्रै आएका हैनौं। जनताका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन सक्नुपर्छ। अब पनि जनतालाई गुमराहमा पार्नु हुँदैन, निकास दिन सक्नुपर्छ। (रासस)


सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन्। युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्‌कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका थिए।

उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक-हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर-आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन्।

पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरेका उनी आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर हिँडे। त्यसपछि जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा जापान गए।

जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा गेरू वस्त्र लिएर घरबाट निस्केका राउतसित कहाँ जाने कुनै योजना थिएन। भगवान खोज्ने भन्दै भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म पुगे।

आत्मकथा बैरागदेखि बचाउसम्ममा उनले त्यही क्रममा पहिचानको ब्रह्मज्ञान भेट्टाएको बताएका छन्।

एक महिनापछि उनी फेरि जापान फर्किए। जापानमा कोर्सको अन्तिमतिर उनी बिरामी भए। अस्पतालमै उनले आफ्नो थेसिस लेखे, थेसिसको डिफेन्स गर्न एक जापानी साथीले अस्पतालबाट डिपार्टमेन्टसम्म उनलाई ह्ववीलचेयरमा लग्नुपरेको थियो।

जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिवर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिएर छनौट भए।

पहिलो पटक इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा यहाँ ऋतिक रोशन कान्ड भएको थियो भने जापानमा फर्कने क्रममा इराकको आतंकवादी संस्थाले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा दङ्गा भड्किएको थियो। ती दुवै घटनालाई उनले मधेसीमाथि भएको दमनका रुपमा लिएका छन्।

मधेश ‘स्वतन्त्र’ पार्न गठबन्धन
सन् २००६ को अगस्तमा घर फर्कँदा मधेस आन्दोलन सुरु भएको थियो। मधेश आन्दोलनकै क्रममा उनीसहितको समूहले स्वतन्त्र मधेशको अर्को कुनै विकल्प नभएको सार निकाल्दै ‘मधेश अधिकार एवं स्वतन्त्रता गठबन्धन’ अर्थात् एलायन्स् फर् राइट्स एन्ड इन्डिपेन्डेन्स् अफ् मधेश (ARIM) को स्थापना गर्‍यो।

ARIM को मूल नारा ‘नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेशीको समोचित अधिकार र मधेशको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेशको स्थापना’ थियो। यसको आफ्नै झन्डामात्र थिएन,  मधेशको प्रस्तावित राष्ट्रगान पनि उनी आफैले तयार पारे। एरिमलाई संगठित गर्दै मूलधारका मधेशवादी नेताहरूसँग पनि सम्पर्क गर्दै आफ्नो एजेन्डा अगाडि बढाउन उनले आग्रह गर्न थाले।

विवश्वान कुमार, आजाद र ईंजोड आदि छद्मनामबाट उनले लेखहरु लेख्न थाले। कम्प्युटर इन्जिनियरिङ पढेका र ह्याकिङ जानेका उनले स्पाइडर प्रोग्रामै तयार पारी  नेपालसँग सम्बन्धित वेबसाइटहरूबाट लक्षित समूहका लाखौं इमेल संकलन गर्दै नियमित रूपमा आन्दोलनको अद्यावधिक वस्तुस्थिति र लेखहरू पठाउँथे।

सन् २००९ मा उनी अमेरिका सरे इन्टरनेट/आर्पानेट र इमेल सिस्टम विकास गरेको संस्थाको रूपमा प्रख्यात बीबीएनमा वैज्ञानिकका रुपमा कार्य गर्न। अमेरिका गएर मधेशीहरूको डायस्पोरा संगठन बनाउने योजना पहिलादेखि नै थियो उनको, त्यसलाई कार्यान्वयन गर्न थाले।

मेची महाकाली यात्रा
अमेरिकाबाट उनी मेची महाकाली यात्रा गर्न नेपाल फर्किए। आफ्नो आत्मकथामा उनले त्यस क्रममा काठमाडौँप्रति तीतो यसरी पोखेका छन्-

‘काठमाडौं ओर्लेपछि त्यहाँ एक रात मात्र बसेर म मधेशतिरै लागें। त्यसैपनि काठमाडौं बिरलै बस्न लायक थियो। काठमाडौं कुनै जमानामा मन्दिरहरूको शहर होला तर त्यो केवल वेश्याहरूको शहर बनिसकेको थियो। हुन पनि किन नहोस्, जब नेपाल टूरिज्म बोर्डले नै ट्रेकदेखि सेक्सका लागि विदेशीहरूलाई विज्ञापनद्वारा खुल्ला आमन्त्रण दिन्छ भने।’

गैरआवासीय मधेशी संघको ब्यानर टाँगेर उनीसहितको समूहले मेची-महाकाली यात्रा गर्‍यो। त्यस क्रममा उनले गरेको अनुभवलाई उनले यसरी लेखेका छन्-

पहाडीहरू मानवताविरुद्धको अपराधमा, रंगभेद र भेदभाव गर्नमा, र आफ्नो उपनिवेश लाद्नमा अझ बढी उग्र र संगठित भएको कुरा त्यस यात्राका दौरानमा मैले अनुभव गरें।
Comments Box