विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प छैन : गुरुङ

पुन: चुनाव जितेर गएपछि थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता



लमजुङ – माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले लमजुङको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प नरहेको बताएका छन् ।

 

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित अभियानको क्रममा सुन्दरबजार नगरपालिका-२ सुन्दर बस्तीमा आयोजित गठबन्धन दलको कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

 

उनले जनताको विकास र समृद्धि र देश, जिल्लाको विकास र समृद्धि गठबन्धनका उम्मेदवारले मात्र गर्न सक्ने भएकाले मतदान गर्न अनुरोध गरे ।  गठबन्धन दलका उम्मेदवारहरू विकासका लागि प्रतिबद्ध रहेको उनकाे भनाइ थियाे।

 

देश, हरेक जिल्ला, पालिका, वडा, बस्ती, टोल, घर र व्यक्तिका लागि काम गर्न सक्ने क्षमता गठबन्धनका उम्मेदवारमा रहेको गुरुङले बताए । खानेपानी, सिंचाइ, विद्युत, कृषि, शिक्षा, स्वास्थ्यलगायतको समग्र विकासमा लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए।

 

आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेको र आफूलाई विजयी गराउन उनले अनुरोध गरे । सुन्दरबजार नगरपालिकामा चालू आर्थिक वर्षमा मात्र एक अर्ब आठ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको भन्दै अब पुन: चुनाव जितेर गएपछि थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतिनिधिसभा सदस्यमा आफूलाई र प्रदेश सभा ‘क’ मा कांग्रेसका टकराज गुरुङ, प्रदेश सभा ‘ख’ मा भेषबहादुर पौडेललाई मतदान गर्न अनुरोध गरे ।


८ जेष्ठ २०७९, आईतवार

गठबन्धनले गर्दा महिला प्रतीनिधित्व घट्यो; लमजुङका ७५ मध्ये २ वडामा मात्र एमालेबाट महिला निर्वाचित

 

Lamjung_Title

 

लमजुङको ७५ वटा वडा मध्ये दुई वडामा मात्र महिला वडाध्यक्ष निर्वाचित भएका छन् । बेँसीशहर नगरपालिका वडा ८ र दोर्दी गाउँपालिका वडा ७ मा महिला वडाध्यक्षमा विजयी भएका छन् ।

 

बेँसीसहर नगरपालिका ८ मा नेकपा एमालेकी पवित्रा थापा राना निर्वाचित भएकी छन् । उनले ७ सय २६ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।

 

नागरिक लक्षित कार्यक्रम, महिला सशक्तीकरण, शिक्षाको क्षेत्रमा काम गर्ने बताए ।

 

यस्तै, दोर्दी गाउँपालिका वडा ७ मा नेकपा एमालेकी रिसमाया गुरुङ निर्वाचित भएकी छन् । उनले ४ सय १९ मत ल्याएर आगामी ५ वर्षका लागि वडाध्यक्षमा चुनिएकी हुन् ।

 

राइनास नगरपालिका मेयरमा कांग्रेसका खड्गबहादुर गुरुङ विजयी भएका छन् । उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार पुष्पराज खनाल विजयी भए । २०७४ को चुनावमा एमालेका सिह बहादुर थापा प्रमुख भएका थिए भने नेपाली काङ्रेसकि धन कुमारी गुरुङ उप-प्रमुख थिईन ।

 

दूधपोखरी गाउँपालिकामा कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ २ हजार ५ सय ६८ मत ल्याएर विजयी भएका छन् । अध्यक्षका प्रतिस्पर्धी एमालेका तेजबहादुर गुरुङले २ हजार २४ मत पाएका छन् । उपाध्यक्षका प्रत्यासी एमालेकी कृष्णमाया गुरुङले १ हजार ७ सय ७४ मत प्राप्त गरेकी छन् । २०७४ को चुनावमा अध्यक्षमा छुपी माया गुरुङ र उपाध्यक्षमा कमल प्रसाद धिताल निर्वाचित भएका थिए ।

Comments Box