तुहियो वैकल्पिक राजनितीको आश



छिमेकी मुलुक भारतमा आम आदमी पार्टीले एक पछी आर्को राजनैतिक उपलब्धी हाँसिल गरिरहेको अवस्थामा वैकल्पिक राजनितीको नारा दिएर स्थापना भएको पार्टी हरुलाई पनि आशाको नजरले हेरिएको थियो । तर अहिले वैकल्पिक राजनितीको आश तुहिएको महसुस हुन थालेको छ ।

वैकल्पिक राजनितीको नारा दिएर स्थापना भएको विवेकशिल साझा पार्टिको कार्यालयमा आज अविवेकी कामहरु भएका छन । आन्तरिक विवाद बढ्दै गएपछि विवेकशील साझा पार्टीको बखुण्डोलस्थित पार्टी कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। आज विवाद सतहमा आएपनी यो पार्टी महिनौ देखी समस्या ग्रस्त रहदै आएको छ । हाल कायम रहेका राजनैतिक दलहरुले देश लाई सही दिशामा डोर्याउन नसकेको र वैकल्पिक राजनितिक धारहरु आवस्यक रहेको वकालत गर्दै आएका नेता तथा कार्यकर्ताहरुको जमात रहेको भनिएको पार्टी नै धेरै चोटी टुट्फुट हुनुले उनिहरु पनि अरु राजनितिक दल जस्तै रहेको बुझ्न गाह्रो छैन ।

 

पछील्लो चोटी २०७८ पौषको पैलो साता मात्रै एक विज्ञप्ति जारी गर्दै पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी संयोजक मिलन पाण्डेलाई पार्टीबाट हटाएको जानकारी गराएका थिए। फुटको दुई वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल  २०७७ मंसिर २५  एक भएका थिए ।

 

उज्ववल थापा नेतृत्वको विवेकशील पार्टी र रबिन्द्र मिश्र नेतृत्वको साझा पार्टी बीच एकता भई  २०७५  साउन ११ गते विवेकशिल साझा पार्टी घोषणा भएको थियो । रविन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अगाडि बढाएको, आफू निकटका व्यक्तिहरुलाई नियुक्ती गरेकोप्रति उज्जल थापा समूह असन्तुष्ट बन्दै पार्टी एकताको १६ महिनामा नै विवेकशील साझा पार्टी फुटेको थियो ।

 

कोरोना सङ्क्रमित विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको १८ जेठ २०७८ मा मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपालको एक चर्चित स्कूल बुढानीलकण्ठबाट कक्षा १२ (ओ लेभल) सम्म अध्ययन गरेका , छात्रवृत्तिमा अमेरिकामा पढेर आएका उज्वल थापा उद्यमी थिए । उनी वेबपेज डिजाइनको काम गर्थे । राजनीतिलाई अहिलेको ‘मूल प्रवाह’ को राजनीति भन्दा भिन्न खालको जवाफदेही पारदर्शी र जिम्मेवार राजनीति गर्नुपर्छ भन्ने उनको ध्येय थियो ।

 

प्रख्यात संचार माध्यम बिबिसीको नेपाली सेवाका संचारकर्मी मिश्र कुनै बखतका प्रखर पत्रकार हुन। वरिष्ठ साहित्यकार तथा चित्रकार मनुजबाबु मिश्रका छोरा रवीन्द्र मिश्रको जन्म काठमाण्डौको चाबहिलमा भए को थियो भने मिश्रले नेपालको त्रिभुवन विश्वविद्यालयबाट प्रमुख अंग्रेजीमा स्नातकोत्तर गरे लगत्तै पत्रकारितामा स्नातकोत्तर डिग्री हासिल गर्न पाकिस्तानको पंजाब विश्वविद्यालय पुगेका थिए । सन १९९५ मा बीबीसी विश्व सेवामा बीबीसी नेपाली सेवाको निर्माताको रूपमा सम्मिलित मिश्र सन २००० मा बीबीसी नेपाली सेवाको प्रमुख सम्पादकको रूपमा नियुक्त भएका थिए । मिश्रका एक छोरा र एक छोरी विदेशमा अध्ययनरत छन।

 

वीन्द्र मिश्र अन्तत: २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरुलाई नै संशोधनको एजेन्डा बोकेर हिंडेको राप्रपासँग विवेकशील साझा पार्टीलाई एकीकरण गर्ने प्रयास तीव्र पारेका छन् । पार्टीभित्र ‘विचारभन्दा माथि देश’ भन्ने नाराअघि सारेर हालको व्यवस्थाभन्दा फरक ढंगले अघि बढ्ने आफ्नो एजेन्डा अनुमोदन गराएपछि मिश्र अब राप्रपासँगको एकतातर्फ मोडिएका हुन् ।  मिश्रले गत पुस पहिलो साता नै संयोजक मिलन पाण्डेलाई निष्कासन गरेका थिए । त्यसपछि उनको विचारसँग फरकमत राख्ने नेताहरू रमेश पौड्याल, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, धर्म मानन्धर, पुकार बम, अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, भरतरात पन्त, भुपदेव शाहलगायतलाई कारबाही गरिएको थियो ।

 

विवेकशील साझा पार्टीमा जारी विवादमा केन्द्रीय संयोजक मिलन पाण्डे समूहले पार्टीका अर्का संयोजक (अध्यक्ष) रवीन्द्र मिश्र र निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ।

 

पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरूप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्ताबेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गर्ने अध्यक्ष रवीन्द्र मिश्र र मिश्रका अप्रमाणित माइन्युट अभिलेख गर्ने निर्वाचन आयोगविरूद्ध मुद्दा दर्ता भएको हो।

 

यि घटनाहरु पछी नेपालमा वैकल्पिक राजनितिको नारा दिएर उठेको पार्टी अन्तत छिन्न भिन्न हुने प्रष्ट भएको छ र पुरानै पार्टीहरु नै देशमा पुन जानादेश द्वारा सासन सत्ता मा आउने निश्चित भएको छ ।


विवेकशील साझाको पार्टी कार्यालयमा तनाव

काठमाडौं, १५ चैत: विवेकशील साझा पार्टीको कार्यालयमा तनाव उत्पन्न भएको छ । पार्टीभित्रकै संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवाद उत्पन्न भएपछि मंगलबार केहीबेर तनावग्रस्त बनेको थियो । पार्टी कार्यालयमा रहेको हलमा कार्यक्रम गर्ने विषयलाई लिएर दुवै पक्ष वादविवादमा उत्रिएका हुन् । एउटै समयमा संस्थापन पक्ष र असन्तुष्ट पक्षले पार्टीको हलमा कार्यक्रम गर्न खोजेपछि विवाद उत्पन्न भएको साझा विवेकशील पार्टीका नेता प्रकाशचन्द्र परियारले जानकारी दिए ।

 

‘पार्टीको कार्यक्रम थियो । त्यही हलमा असन्तुष्ट पक्षले पनि कार्यक्रम गर्न खोजेपछि विवाद भएको हो । अहिले दुवै पक्षको कार्यक्रम नभएपछि विवाद सकियो,’ परियारले भने । असन्तुष्ट पक्षले पार्टी कार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेको थियो । तर, अर्को पक्षले पत्रकार सम्मेलन गर्न नदिएपछि केहीबेर विवाद उत्पन्न भएको हो । विवाद बढ्दै गएपछि सुरक्षाकर्मीले दुवै पक्षलाई मिलाएको थियो ।

 

असन्तुष्ट पक्षले सोमबार रवीन्द्र मिश्रसहितका नेताहरूलाई तीन दिने स्पष्टीकरण सोधेको थियो । त्यसको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । तर, मिश्र पक्षले पत्रकार सम्मेलन नै गर्न नदिएपछि अनसन्तुष्ट पक्षले पार्टी कार्यालयमै नाराबाजी गरेको हो ।


१८ जेष्ठ २०७८, मंगलवार

थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समय महसुस गर्छ ः एमाले

नेकपा (एमाले)ले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वलबहादुर थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ ।

 

 

पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा थापाको राजनीतिक दर्शन नेपाली युवाका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उहाँ नेपालको राजनीतिक क्षितिजमा नयाँ आशा र दृष्टिकोणसहित उदाउँदै गरेको एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको जनाइएको छ ।

एक असल राजनीतिक मित्र गुमाएको जनाउँदै एमालेले उहाँप्रति श्रद्धाञ्जलिका साथ परिवाजन र पार्टीप्रति समवेदना व्यक्त गरेको छ ।