तिलिचो बेस क्याम्पमा स्वाथ्य सेवा सुचारु

विरामी पर्यटकलाई बोक्दै, हिँडाउँदै , गुडाउदै र उडाउदै स्वास्थ्य केन्द्र पुर्याउनु पर्ने वाध्यता हट्ने



२०७८ कार्तिक २९ मा मनाङमा लेक लागेर एक युवकको मृत्यु भएको थियो । रामेछाप घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको थियो  विश्वकै अग्लोमध्येको एक तिलिचो ताल (४,९१९ मि) भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्दार गरिएको थियो ।

 

तिलिचो ताल भ्रमणका लागि तिलिचो बेसक्याम्प (४,१५०मि)मा पुगेका उनलाई हाई अल्टिच्यूड र चिसोका कारण लेक लागेर विरामी भएपछि उनको टोली नै फिर्ता भएको थियो । उनीहरू काठमाडौंबाट बेंसीसहर–चामे–मनाङ हुँदै खाङ्सारसम्म मोटरसाइकलमा पुगेका थिए । खाङ्सारबाट माथि सडक नभएका कारण उनीहरू हिँडेरै तिलिचोतर्फ गएका थिए ।

 

 

करिब ६ घण्टाको बाटो खाङ्सार (३,७५६मि) सम्म बोक्दै, हिँडाउँदै ल्याएको र त्यसपछि आधा घण्टा सवारी साधन चढाएर मनाङ ल्याइएपछि उनको हेलिकप्टरमार्फत उद्दार गरिएको थियो । हेलिकप्टरले उद्दार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

 

यो त एउटा प्रतीनिधि घटना मात्र हो । खाङ्सारका पुर्व वडा सदस्य तथा युवा व्यवसायी सोनाम गुरुङले थुप्रै स्वदेशी तथा विदेशि पर्यटकहरुलाई सामान्य तथा गम्भिर विरामी परेको देखेका छन । यही समस्या समाधान गर्न उन्ले मनाङका सासंद पोल्देन छोपाङ गुरुङसँग कुरा राखे ।

 

फलस्वरुप सासंद पोल्देन छोपाङ गुरुङद्वारा विनियोजित ‘संसद विकास कोष’को १० लाख रुपैया र खाङ्सारका स्थानियको १० लाख रुपैया वरावरको लगानीमा तिलिचो बेस क्याम्पमा स्वास्थ्य सेवाको लागी भवन बनेको छ र सेवा सुचारु भएको छ ।

 

संसद गुरुङले मनाङ पर्यटकिय जिल्ला भएको र पर्यटकहरु विरामी हुँदा सेवा नपाएको र धेरै अफ्ट्यारो परिस्थीति सामना गर्नु परेकाले आफुले तत्काल बजेट विनीयोजन गरेको तिलिचो न्युज संग बताए ।

 

खाङ्सारका पुर्व वडा सदस्य तथा युवा व्यवसायी सोनाम गुरुङका अनुसार अहिले खाङ्सारका ४ स्वाथ्यकर्मी मध्धे २ जना बेस क्याम्प र २ जना खाङ्सारमा पालो-पालो गरी उपलब्ध हुने व्यवस्था छ ।

 

सिजनका बेला हरेक दिन १५ देखी ६० जना सम्मले तिलिचो उक्लिने बेला आफ्नो परिक्षण गराउने गरेका छन । गम्भिर बिरामीहरुलाई त्यहाँ प्राथमिक उपचार गरेर खाङ्सार ल्याउने व्यवस्था छ ।

 

२०७९ असोज देखी औपचारिक रुपमा स्वास्थ्य सेवा सन्चालनमा आएपछी सांसद पोल्देन छोपाङ गुरुङले संक्षिप्त प्रतिकृया दिदै भने “पर्यटनको विकास गर्न पर्यटकलाई आवस्यक पर्ने पुर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसैले आफु यस्ता पुर्वाधार विकासमा सधै लागी पर्ने गरेको छु ।”


बेंसीसहर–चामे–मनाङ हुँदै सिँधै खाङ्सारसम्म सवारीसाधन

अहिले काठमाडौंदेखि बेंसीसहर–चामे–मनाङ हुँदै सिँधै खाङ्सारसम्म सवारीसाधन संचालनमा छ । विदेशी पर्यटक मनाङ गाउँ पुगेर १ दिन आराम गरी तिलिचो वा थोराङ्ला (५,४१६मि) पासको यात्रा गर्छन् । नेपालिहरू तल्लो क्षेत्रबाट सिधै हिमाली क्षेत्रमा जाने भएकाले एकैचोटी उचाइमा जाँदा लेक लाग्ने समस्या हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कार्यालय प्रमुख लेखनाथ गौतमले बताए । उनका अनुसार हिमाली क्षेत्रको भ्रमण गर्नेले सावधानीपूर्वक यात्रा गरेमा यात्रा सहज हुन्छ ।


Acclimatization लाई ध्यान दिनुस – मनाङका युवा पर्यटनकर्मी 

यसरि मोटोरबाईकमा यात्रा गर्दा Acclimatization भने एकदम ध्यान पुर्याउनु पर्ने मनाङका युवा पर्यटनकर्मी वताउँछन । त्यसो गर्दा स्वास्थ्य समस्या न हुने उनिहरु बताउछन ।

 

यसरि यात्रा गर्दा सडक सुरक्षा र व्यक्तिगत सुरक्षालाई विशेष ध्यान दिन समेत स्थानिय पर्यटन व्यवसायीहरुले आग्रह गरेका छन ।

Comments Box