नेकपा (एमाले) मनाङमा कप्ली गुरुङकाे अध्यक्षतामा ९० जनाकाे जिल्ला कमिटी सर्वसम्मत

स्थानिय तहको निर्वाचनमा मनाङमा एमालेको भोट झन धेरै आएको विष्लेषण प्रस्तुत गर्दै आउदो निर्वाचनमा प्रदेश सभाको २ वटै र प्रतीनिधि सभाको १ वटा सिट सबै एमालेले जित्ने आँकलन



नेपाल कमयुनिष्ट पार्टि (एमाले) , मनाङ जिल्ला कमिटिको चौथो जिल्ला अधिवेशनले कप्ली गुरुङ अध्यक्ष र राजन गुरुङ सचिव रहेकाे ९० जनाकाे जिल्ला कमिटी सर्वसम्मत चयन गरेकाे छ ।

 

अध्यक्ष गुरुङ यसअघी मनाङ जिल्लाको जिविस सभापती तथा मनाङ मर्स्याङ्दी क्लब र मनाङ सेवा समितीको अध्यक्ष भैईसकेका र सामाजिक कार्यमा सकृय हुँदै आईरहेका व्यक्तित्व हुन ।

 

 

मनाङको सदरमुकाम चामेमा २०७९/०५/१६ गते भएको जिल्ला अधिवेशनले उक्त कमिटी चयन गरेको हो ।

 

यसैगरी उपाध्यक्षमा मेलिना गुरुङ, उप-सचिवमा प्रेम कुमार श्रेष्ट र मिना लामा चयन भएका छन ।

 

नेकपा एमाले मनाङका निवर्तमान अध्यक्ष, प्रतीनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङको अध्यक्षतामा तथा गण्डकी प्रदेशका सस्थापक मुख्यमन्त्री एवम एमाले उप-महासचिव तथा प्रचार विभाग प्रमुख पृथ्विसुब्बा गुरुङ प्रमुख अतिथी रहेको उद्घाटन सत्रमा केन्द्रीय सदस्य तथा मनाङ इन्चार्ज तथा लमजुङका सह–इन्चार्ज जमिन्द्रमान घले, गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी, जिल्ला समन्वय समिति मनाङका अध्यक्ष चिनबहादुर घलेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य राजन गुरुङले र स्वागत प्रदेश कमिटी सदस्य छिरिङ लोप्साङ गुरुङले गरेका थिए ।

 

 

कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले स्थानिय चुनावमा एमालेको नतिजाले कतीलाई जिब्रो टोक्ने बनाएको र फेरी उल्लेख्य सिट जित्ने दावी गरेका थिए ।

 

एमाले विकास र समृद्धिका विस्तृत योजनाका साथ चुनावमा जाने तयारी गरेको वताउदै उनले भने, ‘गठबन्धनभित्र विश्वासको कमी छ । कुन बाटो जाने भन्नेमा अलमल छ । नेपाली जनताले त्यस्तालाई विश्वास गर्दैनन् । उनीहरूको जित्ने आधार नै छैन ।’ देश बनाउने मार्गचित्र, विचार, संगठन एमालेसँग मात्र भएको वताउदै उनले भने, यसपटकको निर्वाचन बहुमतका साथ जित्नेमा हामी ढुक्क छौं ।’

 

अहिलेसम्म गठबन्धनले प्रधानमन्त्रीको रुपमा कसलाई अघि सार्ने भन्ने टुङ्ग्याउन नसकेकाले यसले गठबन्धनप्रति प्रश्न उठेको छ । नेता गुरुङले एमालेले पार्टीको स्थायी कमिटी, सचिवालय, पोलिटब्युरो, केन्द्रीय कमिटीको बैठक बसेर निर्वाचनको तयारी थालेको बताउदै निर्वाचनमा चूनौती पनि रहेको वताए ।

 

उनले भने, ‘यसपटक हामीलाई चुनौती त पक्कै छ । नेपालमा भएका सर्प, विच्छी, भ्यागुता जस्ता दलहरू हामी विरुद्ध लागेका छन् । हामीसँग डराएर एकठाउँमा जम्मा भएका छन् । अब हामी सबैलाई हराएर छाड्नेछौं । त्यही तयारीमा पार्टी लागेको छ ।’

 

स्थानीय तह निर्वाचनमा पनि एमाले एक्लै लड्दा सबैभन्दा ठूलो र बलियो पार्टी बनेको र अब पनि जनताले एमाले नै छान्ने बताए । उनले पार्टीको विचार, नीति राम्रो रहेको र अझ निखारेर जानुपर्नेमा जोड दिए ।

 

गएको वर्ष आएको वाढी पहिरोमा मानानीय पोल्देन छोपाङ गुरुङले गरेको उद्दार र राहत लाई स्मरण गर्दै ईन्चार्ज जमिन्द्रमान घलेले एमाले र यसका नेता जनाताको सेवक रहेको बतादै जुझारु नेतृत्वलाई अझ बलियो बनाउन पार्टी संगठन विस्तार गर्नु पर्नेमा जोड दिएका थिए ।

 

कार्यक्रममा बोल्दै नेताहरुले गएको स्थानिय तहको निर्वाचनमा मनाङमा एमालेको भोट झन धेरै आएको विष्लेषण प्रस्तुत गर्दै आउदो निर्वाचनमा प्रदेश सभाको २ वटै र प्रतीनिधि सभाको १ वटा सिट सबै एमालेले जित्ने आँकलन प्रस्तुत गरेका थिए ।

 

एमाले मनाङ जिल्ला कमिटीका अनुसार अधिवेशनले नयाँ नेतृत्व चुन्दै आगामी निर्वाचनमा मनाङ जिल्लाका सबै सिट जित्ने गरी कार्य योजना तय गरेको जनाएको छ ।

Comments Box