यात्रुको विमानभित्रै मृत्यु

हेलेन रोड्स १५ वर्षसम्म हङकङमा बसेपछि आफ्नो परिवारसँग ‘नयाँ साहसिक कार्यको लागि बेलायत फर्किन पाउँदा उत्साहित थिइन्



हङकङ, २५ साउन: हङकङबाट बेलायतका लागि उडेको विमानमा एक महिलाको आफ्ना छोराछोरी र श्रीमानका अगाडि नै मृत्यु भएको छ ।

 

गो फन्ड मी पृष्ठका अनुसार हेलेन रोड्स १५ वर्षसम्म हङकङमा बसेपछि आफ्नो परिवारसँग ‘नयाँ साहसिक कार्यको लागि बेलायत फर्किन पाउँदा उत्साहित थिइन् ।

 

 

तर, लामो दूरीको उडानको केही घण्टापछि रोड्स अगस्ट ५मा संसारबाटै बिदा लिइन् । ‘उडानको बाँकी ८ घण्टा हेलेन चीर निन्द्रामा रहिन ।

 

उक्त क्षण परिवारको लागि अत्यन्तै पीडादायी भए पनि तिनीहरू सबैले उनलाई के भन्न आवश्यक छ भन्ने समय पाएका थिए’, गो फन्ड मी पृष्ठमा लेखिएको छ ।

 

‘यो हानि अकल्पनीय छ । हेलेन एक समर्पित पत्नी र आमा थिइन् । उहाँ आफ्नो परिवारलाई एकसाथ राख्ने व्यक्ति हुनुहुन्थ्यो’ अगाडि भनिएको छ ।

 

उनका छोराछोरीहरू विमान अवतरण नहुन्जेल बाँकी समय आफ्नी आमाको छेउमा बसेका थिए, जुन परिवारका लागि निकै पीडादायी क्षण थियो ।

 


२३ कार्तिक २०७३ मा नयाँ दिल्लीदेखि कतारको राजधानी दोहाका लागि उडिरहेको जेट एयरवेजका एक यात्रुको विमानभित्रै मृत्यु भएको थियो। यात्रुको मृत्यु भएपछि चालकले विमानलाई निर्धारित गन्तव्यबाट डाइभर्ट गरी पाकिस्तानको कराँचीमा इमर्जेन्सी ल्यान्डिङ गरेका थिए।


१० मङ्सिर, २०७५ मा रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरको टुइनेटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको थियो ।

 

दिउँसो १२ः३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको ९ण अएट कलसाइनको उडान नं ७१६ जहाजमा मुगु जिल्ला सोरु गाँउपालिका–८ गिलाहाँ गाँउका अन्दाजी ३८ वर्षीय धिरबहादुर शाहीको मृत्यु भएको आफन्तले बताएका थिए ।

 

यता तारा एयरलाइन्स नेपालगञ्ज स्टेशनका स्टेशन म्यानेजर सूर्यमणि सुवेधीले यात्रु जहाँजभित्र अचेत भएको खबर आउना साथ बिरामीलाई गाडीबाट अस्पतालतर्फ लाँदै गर्दा मृत्यु भएको बताएका थिए ।

 

बिरामी मन्जुरी पत्रमा सहमति नगराई यात्रामा रहेका कुनै यात्रुको जहाजभित्र मृत्यु भएमा उडान भर्ने कम्पनीले यात्रुलाई बीमा र क्षतिपूर्ती दिनुपर्ने प्रावधान नागरिक उड्डययन ऐनमा छ ।

Comments Box