अरुको देशमा ड्रोन हमला गरेर हत्या गर्छ अमेरिका

बाइडेन प्रशासन र दशकौंदेखि काम गरिरहेका खुफिया समुदायका सदस्यहरूको प्रशंसा



न्युयोर्क, १७ साउन: अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सोमबार अल कायदा नेता अयमान अल जवाहिरीको हत्याको स्वागत गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा अल जवाहिरीको मृत्यु भएको थियो ।

 

ओबामाले यो हत्या अफगानिस्तानमा युद्ध नगरी पनि आतंकवादसँग लड्न सम्भव छ भन्ने प्रमाण रहेको बताए । ९ ११ को २० वर्षभन्दा पछि, त्यो आतंकवादी हमलाका एक मास्टरमाइन्ड र अल कायदा नेताका रूपमा ओसामा बिन लादेनको उत्तराधिकारी – अयमान अल–जवाहिरीलाई – अन्ततः न्यायको कठघरमा ल्याइयो’, ओबामाले भने ।

 

जवाहिरी मारिएपछि ओबामाले राष्ट्रपति बाइडेन प्रशासन र दशकौंदेखि काम गरिरहेका खुफिया समुदायका सदस्यहरूको प्रशंसा समेत गरेका छन् ।

 

जवाहिरीकोे मृत्युको समाचारप्रति संकेत गर्दै ओबामाले भनेका छन्, ‘आज रातिको समाचार अफगानिस्तानमा युद्ध नगरी पनि आतंकवादलाई जरैदेखि उखेल्न सम्भव छ भन्ने प्रमाण हो ।’

 

अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका थिए  । अमेरिकी कारबाहीमा जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।

 

इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए । उनी अमेरिका मा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो ।

 

सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए । त्यसपछि  उनले अलकायदा समूहलाई हाँकेका थिए । अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो ।

Comments Box