जब चिकित्सकका टोली हतारमा पुटिनको बेडमा पुगे…

मलमूत्र र पिसाब पकेटमा बोक्ने र एजेन्टहरूले त्यसलाई विशेष सुटकेसमा मस्को लैजाने



मस्को, १ साउन: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वस्थ महसुस गरेका छन् । यही शनिबार पुटिनले ‘गम्भीर वाकवाकी’को गुनासो गरेपछि चिकित्सकहरूको दुई ओटा टोली भ्लादिमिर पुटिनको राष्ट्रपति कार्यालयमा पुगेका थिए ।

 

पुटिनलाई ‘तत्काल चिकित्सकी हेरचाह’ आवश्यक भएकाले प्यारामेडिक टोलीले  थप चिकित्सक बोलाएको रूसी टेलिग्राम च्यानल जनरल एसभीआरलाई उद्धृत गर्दै इन्डिपेन्डेन्टले जनाएको छ ।

 

तीन घण्टासम्मको मेडिकल इमर्जेन्सीपछि क्रेमलिन नेताको स्वास्थ्यमा सुधार आएको थियो  । उपचारपछि चिकित्सकहरू उनको कक्ष छोडेका थिए । ‘पुटिनलाई शुक्रवार जुलाई २२ देखि शनिबार जुलाई २३ को रातमा तत्काल चिकित्सा हेरचाहको आवश्यकता थियो’ उक्त च्यानलले लेखेको छ, ‘बिहान १ बजे उनकोे निवासमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीहरूलाई राष्ट्रपतिलाई बोलाइएको थियो ।’

 

‘पुटिनले गम्भीर वाकवाकीको गुनासो गरे । २० मिनेटपछि डाक्टरहरु को एक अतिरिक्त टोली बोलाइयो । डाक्टरहरूले सहयोग प्रदान गरे । उनीहरू तीन घण्टासम्म पुटिनको नजिक थिए ’, उक्त च्यानलले लेखेको छ ।

 

यसैबीच, पुटिनले फेब्रुवरीमा युक्रेनमाथि हमला गरेपछि उनलाई क्यान्सर वा पार्किन्सन रोग लागेको अनुमान गरिएको छ ।

 

पुटिन शारीरिक रूपमा कमजोर बनेका, उभिँदा असहज महसुस गरेका भन्दै पश्चिमा सञ्चार माध्यमहरूले उनको बारेमा विभिन्न टिकाटिप्पणी गर्दै आएका छन् । तर,  पुटिन स्वस्थ र आनन्द रहेकाे क्रेमलिनले दाबी गर्दै आएकाे छ ।


राष्ट्रपतीको मलमूत्र विशेष सुटकेसमा !

पेरिस, १ असार: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यात्रा गर्दा रुसी संघीय सुरक्षा सेवा (एफपीएस)का कर्मचारीहरूले राष्ट्रपतिको  मलमूत्र र पिसाब पकेटमा बोक्ने र एजेन्टहरूले त्यसलाई विशेष सुटकेसमा मस्को लैजाने गरेको खुलासा भएको छ ।

 

 

पुटिनको स्वास्थ्यसँग सम्बन्धित विषयलाई गोप्य राख्न यस्तो गरिएको खुलासा भएको हो ।

 

फ्रान्सेली पत्रिकामा छापिएको एउटा रिपोर्टअनुसार सन् २०१७ मा फ्रान्सको भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति इमानुएल म्याक्रोँलाई भर्साइलमा भेटेपछि पुटिनले यस्तो अभ्यास गरेका थिए । पत्रिकाअनुसार तीव्र दबाबबीच रूसी दूतावासका कर्मचारीहरूलाई पुटिनबारे ‘पूर्ण गोपनीयता’ कायम राख्न भनिएको थियो ।

 

शीर्ष रूसी अधिकारीहरूको सुरक्षाको लागि एफपीएसका एजेन्टहरू जिम्मेवार मानिन्छन् ।

 

युक्रेन युद्धदेखि नै रुसी राष्ट्रपतिको स्वास्थ्य महिनौंदेखि अनुमानको विषय बनेको छ । उनी क्यान्सरबाट पीडित हुनसक्ने अनुमान गरिएको छ, यद्यपि यसबारे अहिलेसम्म पुष्टि भएको छैन । रुसी प्रशासन क्रेमलिनले पुटिनको स्वास्थ्य अफवाहलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

 

फ्रान्सेली म्यागेजिनले सार्वजनिक गरेको रिपोर्टसँग मिल्ने एउटा घटनालाई केहीसमयअघि सेयर गरेको बीबीसीले जनाएको थियो, जहाँ दुई गार्डहरू एउटा विशेष सुटकेस बोकेर कोठाबाट बाहिर निस्केको र उनीहरूलाई पुटिन र अन्य दुई गार्डहरू पछ्याएको देखिन्छन् ।

Comments Box