उम्मेदवारलाई चुनाव लड्न कांग्रेसले दियो पैसा

प्रतिनिधि सभा उम्मेदवारका लागि चार लाख, प्रदेश सभातर्फ उम्मेदवारका लागि दुई लाख रूपैयाँ



मंसिर ४ मा हुने चुनावका लागि कांग्रेसबाट प्रतिनिधि सभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जनाले उम्मेदवारी दिएका थिए।

 

टिकट वितरण गर्दा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई चुनाव लड्न पैसा दिएको छ।

 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार प्रदेश सभातर्फ उम्मेदवारका लागि भने दुई लाख रूपैयाँका दरले चुनावी खर्च दिइएको छ। प्रदेश सभातर्फ उम्मेदवारका लागि भने दुई लाख रूपैयाँका दरले चुनावी खर्च दिइएको छ।

 

उनका अनुसार ‘पार्टीमा क्रियाशील सदस्यता, नवीकरण तथा लेबीलगायतबाट उठेको पैसा उम्मेदवारलाई चुनावमा खर्च गर्न दिइएको हो।’

 

कांग्रेसले विगतका चुनावमा पनि उम्मेदवारलाई खर्च दिने गर्दथ्यो।

 

विगतका चुनावमा पनि उम्मेदवारलाई पार्टीले बाटो खर्च भ न्दै रकम दिने गरेको थियो ।

Comments Box