जथाभाबि बोल्ने मन्त्री; निलम्वित हुने वायुसेवा निगमका अध्यक्ष अधिकारी



६ असार, काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

 

 

 

आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको श्रोतले जनाएको छ ।

 

 


०३ असार २०७९

कार्यकक्षमा बोलाएर फोहोरी गाली गर्दै  हातपात

पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको  अडियोमा प्रस्टै सुन्न सकिन्छ।

 

पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए।

 

मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए। स्रोत भन्छ– अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए।

 

वायुसेवा निगमको अन्तर्राष्ट्रियतर्फ २५ प्रतिशत बजार हिस्सा

 

निगमका कार्यकारी अध्यक्ष अधिकारीले पर्यटनमन्त्रीले निगम सुधारका लागि देखाउनुभएको तदारुकताले निगमका कर्मचारीमा हौसला र नयाँ ऊर्जा पैदा भएको र यसलाई परिणाममुखी बनाउन लागिपर्ने बताउनुभयो ।


सोमबार, ८ कात्तिक, २०७८

सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो।  अधिकारी निगमकै पूर्व कर्मचारी हुन्। उमेर हदका कारण उनले अवकाश पाएका थिए।

Comments Box