अरबपतिको ट्वीटर; के किनेको केहि महिनामा नै साउजी ट्विटर छोड्दैछन ?



लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरका प्रयोगकर्ताहरूले इलन मस्कलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट हटाउनुपर्ने पक्षमा मत दिएका छन् ।

 

मस्कले आफू भविष्यमा ट्वीटरको कार्यकारी प्रमुखका रूपमा रहने वा नरहने विषयमा मत दिन र उक्त मतको आफूले सम्मान गर्ने भन्दै प्रयोगकर्तालाई आग्रह गरेका थिए । ‘के म ट्वीटरको प्रमुख पदबाट हट्नुपर्छ ?’ उनले ट्वीटर प्रयोगकर्तालाई जवाफका लागि ‘हो वा होइन’ मा क्लिक गर्न आग्रह गरेका थिए । आफूले ट्वीटरको सीईओको जिम्मेवारी लिएको केही सातापछि ट्वीटरले प्रयोगकर्ताको मतअनुसार अघि बढ्ने बताएका हुन् ।

 

एक करोड ७५ लाखभन्दा ट्वीटर प्रयोगकर्तामध्ये ५७.५ प्रतिशतले उनको विपक्षमा मतदान गरेका छन् । पक्षमा ४२.५ प्रतिशतले मत दिए । प्रयोगकर्ताको मतलाई सम्मान गर्ने र आफ्नो फरक राय नरहेको उनको भनाइ छ ।

 

मस्कले अप्रत्याशित रूपमा ट्वीटर प्रयोगकर्तालाई प्रतिद्वन्द्वी सामाजिक सञ्जालमा उनीहरूका खाताबारे प्रचारप्रसार गर्न प्रतिबन्ध लगाउने गल्ती गरेको स्वीकार गरेको केही समयपछि सर्वेक्षणका लागि पोस्ट गरेका हुन् । ‘आगामी दिनमा ठूला नीतिगत परिवर्तनका लागि मतदान हुनेछ । म माफी माग्छु । फेरि त्यस्तो हुने छैन,’ उनले लेखेका थिए ।

 

गत अक्टोबरमा मस्कले कम्पनीको कार्यभार सम्हालेपछि विवादास्पद निर्णयहरू गरिसकेका छन् । त्यस्ता निर्णयमा फलोअरलाई अन्य साइटमा उनीहरूका पोस्ट हेर्न प्रोत्साहित गर्न प्रेरित गरिएको थियो । ‘अब अन्य सामाजिक सञ्जालको निःशुल्क प्रचारका लागि अनुमति दिइने छैन,’ ट्वीटरले भनेको छ । उदाहरणका लागि प्रयोगकर्तालाई इन्स्टाग्राममा ‘फलो मि’ पोस्ट गर्न प्रतिबन्ध लगाइने ट्वीटरले जनाएको छ । ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीले भने नयाँ नीतिमाथि प्रश्न उठाएका छन् ।

 

अक्टोबर २७ मा ट्वीटरको प्रमुख भएदेखि उनी बारम्बार विवादमा आएका छन् । त्यसयता उनले कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरिसकेका छन् । पहिले निःशुल्क रहेका सेवाका लागि पनि शुल्क लिन खोजेपछि उनीप्रति प्रयोगकर्ताहरू आक्रोशित बनेका थिए ।

 

 

 


८ जेष्ठ २०७९, आईतवार

अरबपतिको ट्वीटर …

सूचना प्रविधि र अन्य क्षेत्रका अहिलेका ठूला उद्यमले नयाँ र उदीयमान कम्पनीलाई हुर्कन दिएका छैनन् । नवीन सेवासहित आउने र सम्भावना भएका कम्पनी देख्नासाथ कि त आफूभित्रै गाभ्छन् कि तिनको सेवा–सुविधा आफैंले उपलब्ध गराई तिनलाई फस्टाउने मौका दिँदैनन् । जस्तो, मेटा (फेसबुक) ले इन्स्टाग्राम र ह्वाट्सएप किन्यो । ट्वीटरले पनि एपमा स्पेस फिचर समावेश गरेर क्लबहाउसजस्ता उदीयमान कम्पनीको प्रगतिमा धक्का दिएको छ ।

 

इलन मस्क टेस्ला र स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत, द बोरिङ कम्पनीका संस्थापक, पेपल, ओपन एआई र न्युरालिंकका सहसंस्थापक हुन् । इन्टरनेट स्टार्टअपदेखि दिगो ऊर्जा, स्पेस रकेट र आर्टिफिसियल इन्टेलिजेन्सका योजनामा सफल उनी निकट भविष्यमा मंगल ग्रह पनि आफ्नो बनाउने ध्याउन्नमा छन् ।

 

इलनलाई वास्तविक जीवनका टोनी स्टार्क भन्ने गरिन्छ । सन् २००८ को ‘आइरन म्यान’ फिल्म उनकै जीवनीबाट प्रभावित थियो । उनी एकै क्षेत्रमा भने धेरै लामो समय रमाउन सक्दैनन् । कतिपय मानिस भन्छन्, ‘उनी कुनै क्षेत्रमा धेरै लामो समय रम्दैनन् तर उनी नीरस छैनन् ।’ विज्ञापन र प्रचारमा सुको खर्च नगरी इलन चर्चित बनेका छन् ।

 

युवा पुस्ताले इलनलाई रूपान्तरकारी व्यक्ति वा आदर्श मान्छन् । तर, उनी उत्तिकै विवादित छन् । समस्या उनको व्यक्तित्वदेखि नै सुरु हुन्छ । उनी अराजक, जिद्दी, अस्थिर र अनिश्चित स्वभावका मानिन्छन् । ‘एकै ट्वीटले विश्व बजारमा उथलपुथल ल्याउने सक्ने भए पनि उनका धेरैजसो ट्वीट विशृंखल र अराजक हुने गरेका छन्’ द गार्डियनमा कारी पलले लेखेकी छन् ।

 

कतिपय ट्वीटले इलनलाई कानुनी कठघरामा पनि पुर्‍याएका छन् । थाइल्यान्डको गुफामा फसेका खेलाडीहरूको उद्धार गर्न गएका एक ट्रक ड्राइभरलाई उनले पेडो गाय (बाल यौन दुराचारी) भनेर लेखिदिए । सन् २०१९ मा यसविरुद्ध मुद्दा परेपछि उनले माफी मागेजस्तो गरे । कोभिड–१९ महामारीका बेला स्वास्थ्य मापदण्डविरुद्ध एकपछि अर्को ट्वीट गरे । कोभिड भ्याक्सिन अनिवार्य गरेकामा क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई इलनले हिटलरसँग तुलना गरेका थिए । तर, त्यससम्बन्धीको ट्वीट उनले डिलिट गरे । कोभिडका बेला लकडाउन जारी भएका अमेरिकाका विभिन्न ठाउँमा टेस्लाका कारखाना बन्द नगर्ने घोषणा गरे । मास्क लगाउनुपर्ने नियम पनि उल्लंघन गरे ।

 

ट्वीटरले ट्रम्पमाथि लगाएको प्रतिबन्ध एलन मस्कले हटाउने …

माइक्रो ब्लगिङ साइट ट्वीटरले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाएको स्थायी प्रतिबन्ध हट्ने भएको छ । ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरिद गर्ने निर्णय गरिसकेका विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्वीटरको स्वामित्व आफ्नो नाममा आइसकेपछि ट्रम्पमाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका हुन् ।

 

ट्वीटर बोर्डले गत महिना नै ४४ अर्ब डलरमा एलन मस्कलाई कम्पनी बिक्री गर्न सहमति जनाइसकेको भए पनि सबै प्रक्रिया पूरा हुन अझै दुई तीन महिना लाग्ने बताइएको छ ।

 

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथिको प्रतिबन्ध नैतिक रुपमा गलत र मूर्खतापूर्ण निर्णय भएको एलन मस्कको भनाइ छ ।

 

स्मरण रहोस् सन् २०२१ मा अमेरिकी संसद क्यापिटोल हिलमा ट्रम्प समर्थकले हिंसा मच्चाएपछि सोसल मिडियामार्फत् थप हिंसा मच्चिने सम्भावना रहेको भन्दै ट्वीटर, फेसबुक तथा गुगललगायतका सोसल मिडिया प्लाटर्फमहरुले ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए । ट्रम्पको ट्वीटर अकाउन्ट स्थायी रुपमा निलम्बित गरिएको ट्वीटरले जनाएको थियो ।

 

फाइनान्सियल टाइम्स फ्युचर अफ द कार समिटमा बोल्दै मस्कले आफुले ट्रम्पमाथिको स्थायी प्रतिबन्धलाई उल्टाइदिने भन्दै तर ट्वीटरको स्वामित्व अझै आफ्नो नाममा नआइसकेको हुँदा भविष्यमा यो भइहाल्छ भनेर अहिल्यै भन्न नसक्ने बताए ।

 

प्रतिबन्धले ट्रम्पलाई चुप गराउन नसकेको भन्दै उनले ट्रम्प आफ्नै सोसल साइट खोलेको र त्यसले चरम दक्षिणपन्थी तप्कामा उनको आवाजलाई झनै मुखरित बनाएको बताएका छन् ।

 

ट्वीटरमा आफूमाथिको प्रतिबन्ध फुकुवा भएर आफ्नो पुरानो अकाउन्ट पुनर्स्थापित भए तापनि आफू पुनः ट्वीटरमा नफर्किने ट्रम्पको भनाइलाई पनि मस्कले इंगित गरेका छन् ।

 

आपत्तिजनक ट्वीट गरेकै कारण प्रयोगकर्ताहरुलाई उनीहरुका सोसल मिडिया अकाउन्टबाट बञ्चित गर्ने विषयका बारेमा आफूले ट्वीटरमा सहसस्थापक ज्याक डोर्सीसँग पनि कुरा गरेको मस्कको भनाइ छ ।

 

डोर्सीसँगको छलफलको विषयमा मस्कले भनेका छन्- उनी र म के कुरामा समान धारणा राख्दछौं भने स्थायी प्रतिबन्ध भनेको अति नै दुर्लभ हुनुपर्दछ र केवल बोट्स वा स्क्याम अकाउन्टलाई मात्र स्थायी रुपमा प्रतिबन्ध गरिनुपर्दछ ।

Comments Box