फुर्वालाई छाड्न सीडीओको आदेश

आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका



कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामालाई रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले आदेश दिएका छन् । सीडीओ गोविन्द प्रसाद रिजालले उनलाई रिहा गर्न आदेश दिएका हुन् ।

 

आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए । प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार रिजालले रिहा गर्न आदेश दिएका हुन् ।


सामाजिक सन्जालहरुमा आवाज, “लामाले नभई नायिकाले माफी माग्नु पर्ने”

देशभर चलिरहेको फिल्म ‘कबड्डी–४’ की प्रमुख हिरोइन मिरुना मगरले फिल्म हेर्न आएका एक दर्शकलाई झापड हानेर प्रहरी चौकीमा बुझाएकी छिन्। सुन्धारास्थित सिभिल मलमा फिल्म हेर्न आएका मुगु घर भएका अन्दाजी २९ वर्षीय फुर्वा तामाङलाई हिरोइन मिरुना मगरले आइतबार साँझ झापड हानेकी हुन्।

 

सामाजिक सन्जालहरुमा भने सिसिटिभी फूटेजहरुको हवाला दिदै, लामाले नभई नायिकाले माफी माग्नु पर्ने आवाज उठेका छन ।

 

राज कुमार लामाले लेखेका छन्: “भगवान रुपी दर्शकले भीडभाडमा अभद्र व्यबहारको आरोपमा बौद्ध भिक्षुलाई थप्पड लगाएर प्रहरीको खोर सम्म पुर्याउने कलाकारको गल्तीलाई ढाक छोप नगरियोस् सत्यतथ्य के हो पत्ता लगाएर लामा गुरुलाई बिनासर्त तुरुन्त रिहाई गरेर रुपको घमण्डी नायिकालाई सार्वजनिक रुपमा माफी माग्न लगाईयोस अनि नायिकाले गरेको अवमानविय हर्कतको मान हानी मुद्दा चलाउन अनुरोध “

 

लामा भाईको गल्ती नभएको भन्दै कबड्डी ४ कि नायिका मिरुना मगरले माफि माग्नु पर्ने माग राख्दै KL Tower मा व्यापक नाराजुलुस समेत भएको छ ।

 

Voice of simara  ले लेखेका छन्: “मौनता ले धेरै थोक बताउछ, कान लगाएर होइन मन लगाएर सुन्यौ भने।। एउटा कलाकार भएसि कलाकार जस्तो सोच नि उच्च राख्नु पर्दछ ! पैसाको लागि दुनिया अगाडि अङ्ग प्रदर्शन गर्ढा हजुरको गरिमा चरित्रलाई ठेस पुगेन तर तेत्त्रो भिडको अगाडि एउटा लामा लाई गल्ति प्रमाणित नभई थप्पड़ हान्नु भो उहांको आत्मसम्मान को ख्याल गर्नु भएन एकपल्ट उहांको अनुहार हेर्नु केहि बोल्नसक्नु भाको छैनन् ! मानौ भिडमा झुकेर कतै छोयोनै होला शरिरमा तर वास्तविकता र तथ्य पत्ता नलगाई अरू माथि त्यसरि हात त छोड्नु भएन! भिडमा गल्ति सब सङ्ग हुन सक्छ, आफ्नो अधिकार को तेतिमात्र प्रयोग गरम जतिले अरूको आत्मसम्मान लाई ठेस नपुगोस ….

यो विषय प्रहरी समक्ष पुगी सकेको हुनाले अब प्रशासनको आदेश अनुसार नै काम कारबाही हुने निश्चित छ ।


५ जेष्ठ २०७९, बिहीबार

सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार

अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलाे कलाकार बनेकी छिन् ।

 

नेपालका केही भागमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन् उनी फ्रान्स पुगेकी हुन् ।

 

यसअघि नेपालबाट कान्समा सहभागिता जनाइएपनि रेड कार्पेटमा वाक गर्ने मौका कसैले पाएका थिएनन् । रेड ड्रेसमा सजिएर कार्पेटमा वाक गर्दै उनले भनिन्, ‘रातो कार्पेटमा हिड्नु वास्तविकमै अलाैकिक क्षण बन्याे । फिल्म र कथाकारहरूको लागि उत्सवको सबैभन्दा ठूलो परिवेशको साक्षी हुने अवसर पाउनु मेरो जीवनभर मन पर्ने कुरा हो । झिलमिलाहट जस्तो लाग्छ ।’

 

उनले उक्त फिल्मका लागि गत वर्ष अडिसन दिएकी थिइन् । अडिसनमा छनोट भएर फिल्ममा अभिनयकाे मौका पाएकी थिइन् । ‘द एट माउन्टेन्स’ फिल्मको केही अंश नेपालको मनाङमा छायांकन गरिएको थियो । उक्त चलचित्र कान्स फिल्म फेस्टिवलको मुख्य प्रतिस्पर्धाको लागि छनोटमा परेको थियो ।


२४ असार २०७८, बिहीबार

नायिका तथा निर्मात्री जेनी कुँवरले गरिन् आत्महत्या

नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

 

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव साेही अपार्टमेन्टभित्र भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

 

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्त्यसयता नेपाली फिल्ममा व्यस्त थिइन् । उनको पछिल्लो फिल्म हलचल थियो ।

Comments Box