मनाङको नासोंमा गठबन्धनका उम्मेदवार निर्वाचित

चार गाउँपालिका रहेको मनाङमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र साथै केही स्वतन्त्र उम्मेदवारको एकल उम्मेदवार परेको हो ।



हिमाली जिल्ला मनाङको नासों गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ८ सय २० मत पाए भने  उनका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका मनबहादुर गुरुङले ६ सय ४८ मत ल्याए ।

 

मनाङ प्रवेश गर्ने वित्तिकै सुरु हुने नासों गाउँपालिकामा स्थानिय निर्वाचन २०७४ मा नेपाली काँग्रेसका चन्द्र घले ५८४ मत सहित विजयी भएका थिए भने नेकपा एमालेका मन बहादुर गुरुङ दोस्रो भएका थिए । नाँसो गाउँपालिकामा महिला ९४५, पुरुष ८५७ जना गरी कूल एक हजार ८०२ जना रहेका छन् । १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३ दशमलब ०१ प्रतिशत मत खसेको थियो ।

 

गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ९ सय १३ मत ल्याए भने एमाले समर्थनका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४ सय ९६ मत ल्याएका छन् ।

 

वडा नं. १ मा एमालेका मिनराशी गुरुङ १ सय ६४ मतका साथ निर्वाचित भएका छन् । प्रतिद्धन्दी कांग्रेसका ललिता गुरुङले ६७ मत ल्याएकी छन् । वडा नं. २ मा एमालेका रवि गुरुङ १ सय मत ल्याएर विजयी भएका छन् । कांग्रेसका अर्जुन गुरुङले ७८ मत ल्याएका छन् । वडा नं. ३ मा कांग्रेसका निलराम गुरुङ ६८ मत ल्याएर विजयी भएका छन् । एमालेका बीरबहादुर गुरुङले ५७ मत ल्याएका छन् ।

 

वडा नं. ४ मा माओवादी केन्द्रका धर्मजंग गुरुङ, वडा नं. ५ मा कांग्रेसका थुतेन लामा, ६ मा पुष्पबहादुर गुरुङ र ७ मा ओमबहादुर गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन् । वडा नं. ८ मा कांग्रेसका याद घले १ सय ९१ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । वडाध्यक्षका प्रत्यासी स्वतन्त्रका लिलबहादुर गुरुङले ७८ मत ल्याएका छन् ।

 

वडा नं. ९ को अध्यक्षमा एमाले उम्मेदवार मिङमर छिरिङ विष्टले ६९ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । कांग्रेसका साङगे वाङचुक लामाले ५३ मत ल्याएका छन् ।


मनाङको चार वडामा कांग्रेस वडाध्यक्ष निर्विरोध

हिमाली जिल्ला मनाङका चारवटा वडामा  कांग्रेसको मात्र एकल उम्मेदवारी परेको छ । चार गाउँपालिका रहेको मनाङमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र साथै केही स्वतन्त्र उम्मेदवारको एकल उम्मेदवार परेको हो ।

 

 

नासों गाउँपालिकामा कांग्रेसबाट वडा नम्बर ५ को वडाध्यक्षमा थुतेन लामा, वडा नम्बर ६ को वडाध्यक्षमा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङको एकल उम्मेदवार परेको मनाङका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए ।

 

यस्तै, वडा नं. २ को वडाध्यक्षमा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भएका छन्। सोही वडामा महिला सदस्यमा गममाया गुरुङ र दलित महिला सदस्यमा नवीना परियार कांग्रेसबाट निर्विरोध बनेका छन् ।

 

यस्तै,  मनाङको चामे गाउँपालिकाको वडा नम्बर १ र २ का वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। वडा नम्बर  १ मा नेकपा एमालेका खड्कजंग गुरुङ निर्विरोध भएका हुन्।  सो वडामा एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा अनिता विक निर्विरोध भएका छन् ।

 

यस्तै, मनाङ ङिस्याङ गाउँपालिकाको वडा नम्बर  ३ को वडाध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नं. ९ मा स्वतन्त्रबाट च्योल्पा गुरुङ वडाध्यक्षमा निर्विरोध भएका छन् ।

 

सोही वडामा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुस्मिता सेन्चुरी स्वतन्त्रबाट निर्विरोध भएका छन्।

 

मनाङका मुख्य निर्वाचन अधिकृत खनालले अन्तिम नामावली प्रकाशन गरी दाबी–विरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गर्न मिल्ने बताए ।


बैशाख ६ गते नेपाली कांग्रेस मनाङले काठमान्डौंमा एक कार्यक्रम गर्दै काङ्रेसको तर्फबाट स्थानिय निर्वाचनको लागी चामे गा.पा.मा अध्यक्षको उमेदवारका रुपमा छिरिङ धोर्जे लामा र उपाध्यक्षको उम्मेद्वारको रुपमा मिङमर ढोमा लामा लाई अघी सारेको जनाएको छ ।

 

सबैभन्दा कम मतदाता रहेको हिमालि जिल्ला मनाङमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि २८ वटा मतदान केन्द्र कायम भएको छ।  यसअघि स्थानीय तह निर्वाचन २०७४ मा कायम भएका केन्द्र नै यसपटक पनि कायम भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ। कार्यालयका अनुसार २८ वडा रहेको मनाङमा प्रत्येक वडामा मतदान केन्द्र रहनेछ।


१० आश्विन २०७८, आईतवार

हिमालि जिल्ला मनाङमा कांग्रेसको पालिका अधिवेशन सम्पन्न

हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरेको छ ।

 

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

 

यसैबिच हिमालि जिल्ला मनाङको ४ वटै स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको छ ।

 

मनाङका पालिका सभापतीहरु निम्न अनुसार छन्:

नासों गाउँपालिका – हुपजंग गुरुङ

चामे गाउँपालिका – पेम्बा दोर्जे लामा

नार्पाभूमि गाउँपालिका – मिङ्मा छिरिङ लामा

मनाङ ङिस्याङ गाउँपालिका – कान्छा गुरुङ

 

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

Comments Box