मनाङको मौलिक ‘तिर पर्व’ अर्थात ‘मेथा पर्व’

पछिल्लो सयममा स्थानीयले मेथा पर्वलाई पर्यटनसँग समेत जोड्न थालेका छन्।



हिउँद सकिएर बर्खा लागेको संकेत दिँन मनाङमा ‘मेथा ध्वाज्याङ’ पर्व अर्थात मनाङको मौलिक तिर पर्व मनाईन्छ ।

 

मनाङमा मेथा पर्व पछि घोडा जात्रा, आङुमुदे जात्रा लगायतका विभिन्न प्रकारका जात्रा मनाइने गरिन्छ।

 

मेथा ध्वाज्याङ पर्व मनाङका चार वटै गाउँपालिका नेस्याङ, चामे, नारपाभुमी र नासोङमा फरकफरक शैलीमा मनाउने परम्परा रहेको छ। उसो त मनाङ ङिस्याङ गाउंपालिकाको सात गाउंमा पनि फरक फरक दिनमा यो परम्परा मनाईन्छ ।

 

गाउँको कृषि उत्पादनमा सहयोग पु¥याउने, राक्षस प्रवेश नगर्ने, झैझगडा नभई शान्ति फैलियोस् भन्दै सबै गाउँलेले एकापसमा माया, सद्भाव र एकता बढाउने कामनाका साथ यो पर्व मान्ने चलन छ भने परम्परागत पोषाकमा सजिएर तिर प्रहार गरेपछि सुख शान्ति र समृद्धि हुने धार्मिक मान्यता समेत रहेको छ।

 

बद्लिदो परम्परा

केही दशक अघिसम्म पर्वको अन्तिम दिनमा स्थानीयले एउटा केटा र एउटा केटीको राक्षस अंकित प्रतिमालाई लक्षित गरी तिर हानी मारेर यो पर्व मनाईन्थ्यो भने पहिले जसले राक्षसलाई अन्त्य गर्दछ त्यही व्यक्ति समुदायमा वर्ष पुरुष मान्ने गरिन्थ्यो।

 

पछिल्लो सयममा स्थानीयले मेथा पर्वलाई पर्यटनसँग समेत जोड्न थालेका छन्। पदमार्गमा आएका पर्यटकलाई पनि पर्वमा सहभागी गराई पर्व मनाउने गरेका छन। आफ्नै सांस्कृतिक वेषभूषासहित हातमा वाण लिएर तिर हान्ने यो परम्परा रोचक हुन्छ । त्यस माथी मीठामीठा परिकार खाने, विजेतालाई पैसा उठाएर पुरस्कार दिने र नाचगान गरी रमाइलो गर्ने आदी कुराहरुले झन आकर्षण थप्ने गर्छ ।

 

मनाङमा मात्र होईन , काठमान्डौंमा पनि

मनाङ समाजको गुम्बा स्वयम्भुमा माथिल्लो मनाङका सातै गाउँका बासिन्दा हरुले पालैपालो मेथा पर्व मान्ने गर्दछन । मनाङका विभिन्न गाउँहरुबाट आई विभिन्न पेशा वा व्यवसाय गरेर गरेर राजधानीमा बसोबास गर्दै आएका उनीहरुले वर्षको महत्वपूर्ण चाडका रुपमा मेथा पर्व मनाउने गरेका छन् ।

 

यो वर्ष पनि मेथा पर्वको रौनक जारी छ ।

Comments Box