“मनाङ छिर्ने नाकामा यात्रुलाई प्रशासनको अनावस्यक हस्तक्षेप ! “



पोखरा: मनाङ छिर्ने नाकामा यात्रुलाई प्रहरीले अनावश्यक दुख दिएको भन्दै मनाङ यात्रा गर्ने यात्रु हरु ले आपत्ती जनाएका छन ।  अनावश्यक सोधपुछ गरेर प्रहरीले यात्रुलाई दुख दिएको भन्दै उनले आपत्ति जनाएका हुन् । यात्रुहरुले लम्जुङ , तनहुँ, धादिङ आदी जिल्लाहरु पार गरेर आउँदा कतै पनि यस्तो समस्या नआएको तर मनाङ छिर्ने नाकामा मात्र यस्तो समस्या आएकोमा असन्तुष्टी प्रकट गरेका छन । मनाङ स्थाई वसोबास भएका र जिल्ला बाहिर रहेका यात्रुहरुले चुनावमा आफ्नो अधिकार प्रयोग गर्न आउँदा यसरि दुख पाउनु गलत रहेको यात्रुहरुले जनाएका छन ।

 

 

मनाङका प्रतिनिधि सभा सांसद पोल्देन छोपाङ गुरुङले लमजुङ र मनाङ सीमा म्यार्ती भन्दा केही माथिपट्टी मनाङको पहिलो प्रहरी चौकी तालमा रहेको प्रहरी चेकपोष्ट्मा प्रहरीले यात्रुलाई अनावश्यक दुख दिएकोमा आपत्ति जनाएका छन् । जिल्ला छिर्ने गाडीको नम्बर र यात्रु संख्या सोधपुछ गरेर यात्रुहरु जिल्ला भित्रिदै आए पनि चुनावको बहानमा अनावश्यक दुख दिएको उनको भनाई छ । ‘नेपाल अधिराज्य भरि जहाँबाट आउँदा पनि प्रहरीले गाडी नम्बर लेखेर छिराउने चलन थियो । अहिले कहाँबाट आयो । किन आयो भनेर यात्रुहरुलाई अनावश्यक दुख दिई रहेको छ प्रहरीले,’ उनले भने ।

 

चुनावको छेकोमा जिल्ला बाहिर रहेका मनाङबासि मनाङ फर्किरहेका छन् । दुई, तीन जिल्ला पार गरेर आउने यात्रुलाई पुन सोधपुछ गर्नु आवश्यक नरहेको उनको भनाई छ । जिल्ला बाहिर बस्नेहरु पनि अहिले भोट हाल्न आईरहेका छन । ताल चौकीमा आउँदा छ, सात, आठै बज्छ । प्रहरीले फटाफट छिराउनु सट्टा दुख दिई रहेको छ । मनाङ आउन तनहुँ, छिर्नुपर्छ । लमजुङ छिर्नुपर्छ । त्यसै त आउँदैन, जिल्ला जिल्लामा अननेसेसरी सोधपुछ किन गर्नुप¥यो ?’ उनले भने । साँघुरो ठाउँमा यसरी जनतालाई सास्ती दिन नहुने भन्दै उनले आपत्ति प्रकट गरे । सिडिओलाई यो विषयबारे सोधपुछ गर्दा गृह मन्त्रालयको आदेश आएकाले आदेश अनुसार काम गरेको बताएको सांसद गुरुङले बताए ।

 

 

सहायक प्रमुख जिल्ला अधिकारी एवम सूचना अधिकारी विष्णुप्रसाद ढुंगानाले भने ‘ताल डाँडामा प्रहरीले अरु बेलामा जस्तै निगरानी मात्र गरेको र यो कार्य विशुद्ध शान्ती सुरक्षा स्थापनाको लागी केन्द्रीत रहेको’ बताए । ‘प्रशासनले ताल डाँडाका प्रहरीलाई विशेष अरु कुनै निर्देशन नदिएको र अलिकती धेरै मानिसहरुको आवत जावत वढेकाले सतर्कता अपनाईएको’ ढुंगानाले बताए ।

 

गृह प्रशासनले चुनावको निष्पक्षता वढाउनु पर्नेमा झन जनता लाई दुख: दिने गरेमा उनिहरुको भूमिका माथी नै प्रश्न उठ्ने कतिपयले तर्क गरेका छन ।

 

यसअघि तालडाँडामा चौकी अघि गाडी स्लिप हुँदा दुर्घटना भएको थियो । मानवीय क्षति नभए पनि गाडी भने क्षतिग्रस्त बनेको थियो ।


मनाङमा जिप दुर्घटना; यात्रु समान्य घाईते

हिमालि जिल्ला मनाङको नासों गाउँपालिका- १ ताल गाउँ जाने घुम्तीमा जिप दुर्घटनामा परेको छ । मनाङ सदरमुकाम नजिकैको कोदोबाट लमजुङको सदरमुकाम बेसिशहर जादै गरेको ज ३ च ३४७० नम्बरको जीप दुर्घटनामा परेको हो ।

 

 

 

तालका स्थानिय निरन गुरुङका अनुसार जिपमा ४ जना सवार थिए  ।दुर्घटनामा परि जिप चालक, जिपमा सवार एक महिला र उनको दुई वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ । जिप ब्रेक फेल भएर दुर्घटना भएको मनाङका डिएसपी प्रेम सागर केसीले बताए ।  प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको छ ।

 

सामाजिक सन्जालमा मनाङमा दुर्घटना बढेकोमा प्रयोगकर्ताहरुले चिन्ता व्यक्त गर्दै सतर्कता अपनाउनु पर्ने औँल्याएका छन ।


७ चैत्र २०७७, शनिबार

मनाङमा ट्रक दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

हिमाली जिल्ला मनाङको नासों गाउँपालिका ३ खोत्राेमा ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध १ ख ५ सय ९२ नम्बरको ट्रक दुर्घटना हुँदा नासों गाउँपालिका ४ ओडारका ३५ बर्षीया मनिसा गुरुङ, सोही ठाउँका २६ बर्षीया जलकाशी गुरुङ र अन्दाजी ६/७ बर्षीय लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार शनिबार दिउँसो साँढे तीन बजेतिर दुर्घटना भएको हो । सिमेन्ट बोकेर ल्याएको ट्रक उकालो चढ्न लाग्दा अनियन्त्रित भई सडकबाट मस्र्याङदी नदीमा खसेको थियो । सडकबाट करिव ४० मिटर तल मस्र्याङदी नदीमा खसेको उहाँले बताउनुभयो । ट्रकका चालक, सहचालकसहित अन्य ५ जना घाइते भएका छन् । चालक सुमन तामाङ, सहचाहक लक्ष्मण नेपाल, नासों गाउँपालिका ४ का अन्दाजी ६/७ बर्षीय चिउन गुरुङ, सोही वडाका अन्दाजी ६/७ बर्षीय निहल गुरुङ रहेका छन् । अर्का एकजना पुरुष पनि घाइते भएको छन् । उनको परिचय नखुलेको प्रहरी नायब उपरिक्षक खड्काले बताउनुभयो ।

 

प्रहरीका अनुसार घटनास्थलमै मृत्यु भएका ३ जनालाई जिल्ला अस्पताल मनाङमा पोष्टमार्टमका लागि लगिएको छ । घाइते ५ जनालाई जिल्ला अस्पताल लमजुङ ल्याइँदै छ । वडा नम्बर ३ का अध्यक्ष मिनबहादुर गुरुङका अनुसार बेंसीशहरबाट सिमेन्ट बोकेर चामे जाँदै गरेको ट्रक खोक्रोमा दुर्घटना भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले घाइतेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयले उद्दार गरेको बताउनुभयो । घटनाको जानकारी पाउने वित्तिकै उद्दारमा खटिएको बताउनुभयो ।

 

माननीय गुरुङद्वारा शोक व्यक्त … 

प्रतीनिधि सभा सदस्य मानानीय पोल्देन छोपाङ्ग गुरुङ द्वारा मनाङको नासों गाउँपालिका ३ खोत्राेमा ट्रक दुर्घटनामा परी ज्यान गुमाउने हरु प्रती शोक ब्यक्त गर्नु भएको छ । आज एक बिज्ञप्ती जारी गर्दै मनानीय गुरुङ ले शोक ब्यक्त गर्नु भएको हो । बिज्ञप्तीमा उपचाररत सम्पुर्ण महानुभाव को शिघ्र स्वास्थ लाभको कामना पनि गरिएको छ ।