नेपालले भारतलाई पठाएको महाकाली बारेको कुट्नितिक नोटमा के छ ?

तटबन्धभन्दा ७ देखि १० मिटरयता नेपालतिर ग्याविन जाली



दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले आज भारतलाई कूटनीतिक नोट पठाएको छ।

 

दार्चुलाको सदरमुकाम खलंगापारि भारतले महाकालीमा तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै स्थानीयले विरोध गरेका थिए।

 

नेपाली पक्षको विरोधपछि आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो।

 

उक्त घटनाबारे गृहमन्त्रालयले रिपोर्ट परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ।

 

‘गृह मन्त्रालयबाट उक्त घटनाको रिपोर्ट आइसकेको छ। आज हामीले भारतलाई कूटनीतिक नोट पठाएका छौं,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्।

 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार दुई पक्षको वार्तापछि तत्काल विवादित क्षेत्रमा तटबन्ध नबनाउने सहमति स्थानीय अधिकारीहरूबीच भएको छ।

 

भारतीय पक्षले आफ्नोतिर तटबन्ध लगाउँदा बनाएको अस्थायी संरचनाका कारण पछिल्लो विवाद देखिएको उपाध्यायले बताए।

 

२०७० मा आएको ठूलो बाढीका कारण नेपाली पक्षतिर ठूलो क्षति भएको थियो। त्यतिबेला खलंगामा रहेका सरकारी कार्यालयसहित निजी भवनमा क्षति पुगेको थियो।

 

त्यसपछि नेपालले महाकाली किनारमा ४ किलोमिटर लामो तटबन्ध बनाएको थियो।

 

भारतीय पक्षले अहिले आफ्नोतिर तटबन्ध बनाउनका लागि तटबन्धभन्दा ७ देखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको छ भने गाडी गुड्ने अस्थायी संरचना पनि बनाएको छ।

 

 

 

नेपाल र भारतबीच महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले टनकपुर बाँधबाट पानी पाउने भएको हो । सिंचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यका अनुसार भारतले डिसेम्बरको अन्तिमदेखि टनकपुरबाट नेपालतर्फको भूभागमा पानी छाड्ने जानकारी दिएको छ ।

२७ फाल्गुन २०७८

महाकालीमा भारतीय जेसिबी सहित तिब्र निर्माण, स्थानीयद्वारा प्रतिकार, सरकार चुपचाप

भारतले दार्चुला सदरमुकाम खलंगाको पारिपट्टि महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । मंगलबार महाकाली नदीको धारलाई नेपाल तर्फ फर्काउँदै भारतीय जेसीबी  नेपाली क्षेत्रमा पुगेपछि स्थानीयले प्रतिकार गरेका हुन् । दार्चुला सदरमुकाम क्षेत्रको बंगाबगडको महाकाली नदी किनारमा भारतीय जेसिबी महाकाली नदी उत्खनन् गर्दै नेपाली क्षेत्रमा पुगेपछि स्थानीयहरुले ढुंगामुढा गरी बिरोध गरेका छन् ।

 

 

तटबन्ध निर्माणमा भारतीय प्रशासनले नेपालको प्रशासन संग समन्वय नगर्दा यस्तो समस्या आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको भनाइ छ । महाकाली किनारमा निर्माण भइरहेको तटबन्धको संरचना लगायतका विषयमा जानकारी गराउन भारतीय पक्षलाई अनुरोध गरिएको भएपनि हालसम्म जानकारी नगराएको उनले बताए ।

Comments Box