अहेवको भरमा मनाङ जिल्ला अस्पताल; “जनस्वास्थ्यमा गम्भिर लापर्वाही”



 

मनाङका स्थानीय बासिन्दाहरुले अहेवको भरमा जिल्ला अस्पताल छोड्दा अस्पतालमा आउने सेवाग्राहीले सेवा लिन नपाएको र समयमा नै उपचार नपाउँदा कतिपयको ज्यानसमेत गएको गुनासो गरेका छन् । आफन्तको उपचारको आशमा जिल्ला अस्पताल पुगेका एक स्थानियले गुनासो गर्दै भने, “अस्पतालमा चिकित्सकको दरवन्धी मात्र छ, तर चिकित्सक भने उपलब्ध हुँदैनन ।

 

 

 

“केहीदिन अघिमात्र मनाङ्गमा नेपाल प्रहरीका हवल्दारको अकस्मात लडेर मृत्यु भएको थियो भने सशस्त्र प्रहरीका जवानको समेत भिरबाट लडेर मृत्यु भएको थियो । समयमै डाक्टरको उपचार र सल्लाह सुझाव प्राप्त गर्न सकेको भए राष्ट्र सेवक प्रहरी कर्मचारीहरूको समेत ज्यान बचाउन सकिन्थ्यो कि” ति स्थानियले भने ।

 

 

 

सदरमुकाम समेत रहेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेका अनुसार आफूहरु स्थानीय जनताहरूको नजिकको जनप्रतिनिधि भएकोले गर्दा जनताका हरेक समस्याहरु आफूहरुसम्म आइपुग्ने र प्रदेश र केन्द्र तहबाट उचित पहल नहुँदा स्थानीयको जीवनमाथि नै खेलबाड भैईरहेको महसुस गरेको बताए । उन्ले थपे , ‘मनाङ जिल्ला अस्पताल प्रदेश सरकारले सन्चालन गरिरहेको अस्पताल रहेको र अस्पतालमा ३ जना डाक्टरको दरबन्धी छ भन्ने सुनेको हो, तर जनता र राष्ट्रसेवक कर्मचारीलाई समेत आवस्यक पर्दा एक जना पनि डाक्टर उपलब्ध नहुँदा विकटका जनताको स्वास्थ प्रती सरकार गैरजिम्मेवार रहेको प्रष्ट हुन्छ’ ।

 

जिल्लाभरिका सरकारी कार्यलयलाई नियमन/निर्देशन गर्ने काम जिल्ला प्रशासन कार्यलयको पनि हो । यसरि डाक्टर नहुंदा जिल्ला प्रशासन कार्यलय पनि मुखदर्शक भएर बसेको छ । ‘जिल्ला अस्पतालमा डाक्टर नभएर मानिस मरेका छन नि?’ भन्ने प्रश्न हामिले जिल्ला प्रशासनका प्रमुख लाई गरेका थियौं । प्रमुख जिल्ला अधिकारीबाट भने टालटुले जवाफ आयो ।जिल्ला प्रशासन कार्यालय मनाङ स्रोतका अनुसार भने जिल्ला अस्पतालमा कोभिड दरबन्दीमा डाक्टर रहेको र हाल एकजना मात्र डाक्टर रहेको हुनाले नागरिकले खोजेको बेलामा डाक्टरको उपलब्धता नभएको हुन सक्ने जनाएको छ । एक जना डाक्टर विदामा गएका बेला वा अन्य काममा भएका बेला जिल्ला अस्पतालमा डाक्टर नहुनु स्वभाविक रहेको कार्यालय स्रोतले बतायो ।

 

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराको वेभसाईटबाट अरु जिल्लाका विवरणहरु देखिँदा मनाङ जिल्लामा रहेका स्वास्थ्य संस्थाहरू र तीनमा कार्यारत स्वास्थ सेवाका कर्माचारिहरुको कुनै विवरण नै देखिँदैन । वेभसाईटमा विवरण समेत नराखेको निर्देशनालय संविधानमा उल्लेखित स्वास्थको नैसर्गिक अधिकार पुरा गराउन कती जिम्मेवार छ भन्ने त छरपस्ट भैईहाल्यो ।

 

र यो पनि पढ्नुहोस….

 

तिलिचो जाने क्रममा युवाको मृत्यु

 

र यो पनि पढ्नुहोस….

मनाङ प्रहरीद्वारा हिमपात पछी बेपत्ता भएका किसान मृत फेला

 

र यो पनि पढ्नुहोस….

 

एउटा डाक्टर नपाएर चल्न सकेका छैनन अस्पताल; सरकार भन्छ; ‘डिजिटल हेल्थ’ कार्यान्वयनमा ल्याउने

 

 


३ वैशाख २०७८ / रासस

मनाङ अस्पताल: भेन्टिलेटर छ, तर चलाउने जनशक्ति छैन

कोरोना महामारीसँगै स्वस्थ्य सुरक्षाका लागि उपकरण उपलब्ध गराइएको छ। जिल्लाको एक मात्र अस्पताल कहिले उपकरणको अभाव त कहिले जनशक्तिको अभाव थेग्दै आएको छ। हाल यस अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन। विसं २०७७ असारमा प्रदेश सरकारले यस अस्पताललाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको थियो। अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन।

 

अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो। कुनै पनि बिरामीको अवस्था जटिल बनेको समयमा भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै यस अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो। मनाङमा दुई मात्र चिकित्सक डा प्रतिभा गौली र डा सन्तोष अधिकारी कार्यरत छन्। “कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन्, तर जडान गरिएको छैन”, डा अधिकारीले  भन्नुभयो, “भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त चिकित्सक भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ।” त्यस्तै डा प्रतिभा गौलीका अनुसार प्रदेश सरकार मताहातमा झन्डै रु २० करोडको लागतमा जिल्ला अस्पताल निर्माण हुँदै गरेको छ भने डा सन्तोषको अवधि सकिएर जानुभएको छ। भएका जनशक्तिको अवधि सकिनु उपकरण सञ्चालन नहुनु दुर्गमको समस्या रहेको उहाँको भनाइ छ।

 

भेन्टिलेटरको आवश्यकता त्यतिबेला पर्छ, जब बिरामीको अवस्था गम्भीर हुन्छ। यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ। डा अधिकारीका अनुसार भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्नका लागि प्रयोग गरिन्छ।

 

अस्पतालमा भेन्टिलेटरसहित दुई शय्याको आइसीयू निर्माणका लागि सामान खरिद गरिएको छ। जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताउनुभयो। उहाँका अनुसार हाल जिल्ला अस्पतालमा जम्मा पाँच कर्मचारी कार्यरत छन्। सिनियर अहेब प्रमुख अन्सारी, डा प्रतिभा गौली, डा सन्तोष अधिकारी, नर्स बिना पौडेल र ल्याबमा करारका कर्मचारी प्रकाश रोका छन्।

 

दुई चिकित्सकको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक एक जना मात्र छन्। डा सन्तोष अधिकारी पनि करारका कर्मचारी हुनुहुन्छ। जिल्ला अस्पतालले हालसम्म धेरै बिरामीको चाप थेग्नु नपरे पनि कुन समयमा के पर्छ त्यसको तयारी हुनु जरुरी छ। यस्तै तीतो अनुभव डा सन्तोष अधिकारीको छ।

 

 विश्वभर फैलँदै गएको कोरोना महामारीले जिल्ला स्वस्थ्य प्रमुख नै सङ्क्रमित भएपछि अस्पताल नै बन्द गर्नुपरेको थियो। जिल्लामा भएको एक मात्र अस्पताल र एक मात्र चिकित्सक हुँदा कन्ट्याक ट्रेसिङमा पर्दा आवश्यक जनशक्ति अभावका कारण अस्पताल नै बन्द गर्नुको विकल्प नभएको डा अधिकारीले बताउनुभयो।

 

 स्वस्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति नहुनु, भएका उपकरण प्रयोगमा आउन नसक्नु ठूलो चुनौती रहेको छ। हिमाली जिल्ला  जटिल बिरामी भएमा समयमा उपचार गर्न नपाउँदा जीवन नै तलमाथि हुनसक्छ। हुनेखानेले हेलिकोप्टर चार्टर्ड गरेर ठाउँमा पुग्लान तर सर्वसाधारण भने अकालमै मर्नुपर्ने बाध्यता देखिन्छ।

 

 स्थानीय तहले पटक–पटक पहल गर्दासमेत सुनाइ नभएको स्थानीय तहको गुनासो छ। प्रदेश सरकार र केन्द्रमा समेत बेलाबेलामा चर्चामा रहेको मनाङ अस्पतालमा अझै जनशक्ति अभावले भएका उपकरणसमेत सञ्चालनमा आउन सकेका छैनन्। सरकारको नीतिअनुसार अस्पतालको शिलान्यास त भएकै छन् तर आवश्यक जनशक्ति कहिले पुग्ने सर्वसाधारणको गुनासो छ। देशमा बढ्दै गइरहेको कोरोना महामारीमा यी उपकरण सञ्चालनमा आउन सके जिल्लावासीले राहत महसुस गर्ने थिए।

Comments Box