एमाले जिल्ला अधिवेशन : २३ वर्षीय जिल्ला कमिटी सदस्य – समी विष्ट



बाजुरा जिल्लाको एमाले जिल्ला कमिटी सदस्यमा २३ वर्षीय समी विष्ट सर्वसम्मत निर्वाचित भएकी छन् । बाजुराको बुढीगंगा नगरपालिका–७ निवासी विष्ट जिल्लाको सातौं जिल्ला अधिवेशनमा महिला सदस्य पदमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

 

 

 

विष्ट सम्भव त देशकै कान्छी एमाले जिल्ला सदस्य हुन् । चार वर्ष पहिले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को क्याम्पस कमिटी सदस्यबाट औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेकी विष्टले अनेरास्ववियु जिल्ला कमिटी सदय र पार्टीको जननर्गिय संगठनमा रहेर हरेका क्रियाकलापमा भूमिका खलेकी थिइन् ।

 

एमाले जिल्लाअधिवेशन २०७८ : नयाँ नेतृत्व (सूची)

पुस २३ गते ६१ जिल्ला र त्यसपछि अन्य जिल्ला गरी ६५ जिल्लाको अधिवेशन सुरु भएकोमा यी हुन् अहिलेसम्म निर्वाचित अध्यक्षहरुः

प्रदेश १

  • १. झापा – दीपक कार्की
  • २. मोरङ – ऋषिकेश पोखरेल
  • ३. खोटाङ – रामप्रसाद दंगाल
  • ४. धनकुटा – इन्द्रमणि पराजुली
  • ५. तेह्रथुम – तेजमान कन्दङवा
  • ६. पाँचथर – राजकुमार भण्डारी
  • ७. इलाम- महेश बस्नेत
  • ८. भोजपुर – शरणकुमार राई
  • ९. ताप्लेजुङ- भुपेन्द्रबहादुर थेबे
  • १०. उदयपुर- प्रमेश्वर घिमिरे
  • ११. ओखलढुंगा–शंकर कटुवाल
  • १२. सोलुखुम्बु- डुफकुमार बास्तोला

प्रदेश २

  • १. सप्तरी – ताराकान्त चौधरी
  • २. सिरहा- बिन्देश्वर मण्डल

वागमती

  • १. काठमाडौं – दीपक निरौला
  • २. ललितपुर – पुरुषोतम आचार्य
  • ३. भक्तपुर – बचन देउजा
  • ४. रसुवा – कर्णेल तामाङ
  • ५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
  • ६. नुवाकोट – बद्री मैनाली
  • ७. मकवानपुर – एकलाल श्रेष्ठ
  • ८. धादिङ – भूमि त्रिपाठी
  • ९. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
  • १०. सिन्धुली- कुमारबहादुर कार्की
  • ११. दोलखा: नरबहादुर श्रेष्ठ

गण्डकी

  • १. गोरखा – प्रेम गुरुङ
  • २. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
  • ३. म्याग्दी – देवेन्द्र केसी
  • ४. लमजुङ – कृष्णप्रसाद अधिकारी
  • ५. बागलुङ- हिराबहादुर केसी
  • ६. पर्वत–राजु पौडेल
  • ७‍. नवलपुर–मुक्ती पाण्डे
  • ८. स्याङ्जा – सूर्य प्रसाद गैरे
  • ९. कास्की- मनबहादुर गुरुङ

लुम्बिनी

  • १. पाल्पा – धनेन्द्रराज घिमिरे
  • २. गुल्मी – बालकृष्ण काउछा मगर
  • ३. अर्घाखाँची – पिताम्बर भुसाल
  • ४. बाँके – किस्मत कुमार कक्षपती
  • ५. बर्दिया – लालबहादुर श्रेष्ठ
  • ६. दाङ – हुकुमबहादुर बस्नेत
  • ७. रुपन्देही – तेजेन्द्र केसी
  • ८. कपिलवस्तु – डम्मर शर्मा
  • ९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
  • १०. प्युठान–बिजयविराज विष्ट

कर्णाली

  • १. डोल्पा – शेरबहादुर बुढा
  • २. सल्यान – गोविन्द पुन मगर
  • ३. जुम्ला – शान्तिलाल महत
  • ४. रुकुम- नन्दराम देवकोटा
  • ५ जाजरकोट – खिमबहादुर शाही
  • ६. सुर्खेत- अमृत बिसी

सुदूरपश्चिम

  • १. डडेल्धुरा – प्रकाश साउद
  • २. बैतडी- सुरेन्द्र पाल
  • ३. डोटी-चक्र मल्ल
  • ४. कैलाली- रतन थापा
  • ५. दार्चुला- प्रेमसिंह धामी
  • ६. बाजुरा-  कालीबहादुर शाही
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष- उमेश ढकाल

“लम्जुङ र देशकै उन्नतीका लागी एमालेको एकल बहुमत आवस्यक छ” – गुरुङ

लम्जुङ जिल्ला अधिवेशनमा बोल्दै एमाले उपमहसचिव पृथ्वीसुब्बा गुरुङले भनेका छन ‘लम्जुङ र देशकै उन्नतीका लागी नेकपा एमालेको एकल बहुमत आवस्यक छ’ ।

 

 

 

सात वर्षपछि ६१ जिल्लामा एकैदिन एमाले अधिवेशन

नेकपा एमालेले ६१ जिल्लामा जिल्ला कमिटीका लागि पौष २३ गते अधिवेशन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलरुपमा आज बिहान ११ बजे जिल्ला अधिवेशन उद्घाटन गरेका थिए ।

 

 

 

 

मौसम र आन्तरिक तयारीका कारण आज अधिवेशन हुन नसक्ने १६ जिल्लामा पछि अधिवेशनको मिति तय गरिने एमाले नेता विष्णु रिजाल बताउँछन्।

 

 

दशौँ महाधिवेशन सकिएको एक महिनाकै बीचमा एमालेले एकैदिन सबै जिल्लाको अधिवेशन गर्न लागेको हो । जिल्ला अधिवेशनलगत्तै ८ माघमा एकैदिन सबै प्रदेशको अधिवेशन गर्ने एमालेको तयारी छ ।

 

 

 

सात वर्षपछि हुन लागेको अधिवेशनको उद्घाटन अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट गर्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

 

 

 

०७१ असारमा भएको एमालेले नवौँ महाधिवेशनअघि जिल्लाहरूको अधिवेशन भएका थिए । त्यसयता एमालेले जिल्ला तहमा अधिवेशन गरेको छैन । सामान्यतया जिल्ला अधिवेशन तीन वर्षमा हुने गरे पनि माओवादी केन्द्रसँग एकता भएपछि दुवै पार्टीका कमिटीको एकीकरण भएका थिए । तर, तत्कालीन नेकपाका कमिटी चलायमान नहुँदै २३ फागुनमा सर्वोच्च अदालतको फैसलाले नेकपा एकता भंग भएको थियो । लगत्तै एमाले र माओवादी केन्द्रका पुरानै सांगठनिक संरचना ब्युँतिएका थिए ।

 

 

 

सातदेखि आठ वर्षसम्म एउटै व्यक्ति एउटै तहको पदमा रहँदा वडादेखि केन्द्रसम्म नेतृत्व विकास अवरुद्ध भएको छ । यही कारण शुक्रबारको जिल्ला अधिवेशनमा एमालेको विशेषतः युवा समूहका धेरै कार्यकर्ता जिल्लामा पदाधिकारीका लागि आकांक्षी देखिएका छन् ।

 

 

 

महाधिवेशन र अधिवेशनहरूलगत्तै देशमा केन्द्र, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पन्न हुन लागेको भन्दै एमालेले सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकता दिँदै आएको छ । तर, लामो समयको अन्तरालमा अधिवेशन हुन लागेकाले सबै जिल्लामा आकांक्षी धेरै भएकाले केन्द्रीय नीतिअनुसार सर्वसम्मत नेतृत्व चयन एमालेका लागि सहज भने छैन ।