देउवा सरकार – न नयाँ कामको शुभारम्भ भयो, न त शिलन्यास नै !

ध्यान भनेकै चुनावदेखि चुनावसम्म मात्रै



प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । तत्कालीन प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा भङ्ग गरे पछि सर्वोच्च अदालतले दुई पटक नै प्रतिनिधि सभा ब्युँताइदिएको थियो ।

 

२०७८ असार २९ गते देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको थियो । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारले स्थानीय निर्वाचन गराएको छ ।

 

एक वर्ष पनि नेपाली जनताका लागि पूर्ववत् रूपमा खेर गएको वर्ष बन्दैछ । यो अवधिमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा निकै ठूलो आर्थिक एवं राजनीतिक संकटहरू देखापरे । कोरोनाभाइरसको संक्रमणीय जोखिमका कारण थिलथिलो भएर तङ्ग्रिन सुरु गरेको विश्व अर्थतन्त्र रूस–युक्रेन युद्धको तनावमा फस्न पुगेको छ । श्रीलंकाको चरम आर्थिक संकट विद्रोहको लप्कामा परिणत भएको छ ।


२८ चैत्र २०७८, सोमबार

न नयाँ कामको शुभारम्भ भयो, न त शिलन्यास नै !

काठमाडौं, २८ चैत  : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले १० महिने कार्यकालमा नयाँ कामको शुभारम्भ र शिलन्याससमेत गर्न नसकेको आरोप लगाउन थालेका छन ।

 

अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई सर्वोच्च अदालतको परमादेशवाट बर्हिगमन गरे पछि गठन भएको देउवा सरकारले १० महिना भित्र विकास निमार्णका कामलाई गति दिन नसकेको जनाउँदै अर्थतन्त्र धरसायी बनाउँदै लगेको आरोप लगाउन थालेका हुन ।

 

‘एमाले सरकारको बहिर्रगमन पछि बनेको देउवा सरकारले आजको मितिसम्म विकास निर्माणका क्षेत्रमा गरेका महत्वपूर्ण  काम कुनै छ त ? गंभीर प्रश्न खडा भएको छ’ एमाले नेता गोकर्ण बिष्टले प्रश्न गरेका छन, ‘करिब दश महिनाको अबधिमा विकास निर्माणका आयोजनाको न कुनै शुभारम्भ न शिलान्यास ढलेको सिन्को समेत यो सरकारले भाँचेन, केवल राष्ट्रको धुकुटी सिध्याउनु यो सरकारको  मुख्य काम बन्न पुग्यो ।’

 

उनका अनुसार देउवा सरकार गठन भएपछि जनतालाई राहतको सट्टा मंहगी र कु–शासनले थिचेको जनाउँदै देशको अर्थतन्त्र धरासायी र चौपट बन्दै गएको छ । ‘यस्तो अवस्थामा देउवा सरकार देशलाई दिनप्रतिदिन बोझ बन्दैछ, राष्ट्रलाई धराशायी बनाउने निकम्मा र असफल सरकारका रूपमा परिणत हुन देउवा सरकारलाई अब धेरै दिन कुर्न नपर्ने भएको  छ’ बिष्टले उल्लेख गरेका छन ।

 

एमाले प्रचार बिभाग प्रमुख बिष्णु रिजालले ओली सरकारले गरेका बिकास निमार्णमा रिबन काटने बाहेक अन्य काम गर्न प्रधानमन्त्री देउवाले नसकेको आरोप लगाउँदै आएका छन ।

 

‘ओली सरकारको पालामा सुरु भएका विकास निमार्णका कार्यमा रिबन काटने बाहेक प्रधानमन्त्रीले केही नयाँ कामको सुरुवात गरेको देखिएको छैन, न कुनै गतिलो आयोजनाको शिलन्यास गर्नुभएको छ, न देशलाई अघि बढाउने भिजन नै देखाउनु भएको छ,’ रिजालले भने, ‘ओली सरकारले गरेका कामलाई समेत गति दिन नसकेको सरकारले देशको अर्थतन्त्र धरासयी बनाउँदै भने लगेको छ ।’ एमाले नेताहरुले विकास निमार्णको काममा कुनै ध्यान नदिएको जनाउँदै निरन्तर प्रधानमन्त्री देउवा माथी आक्रोस पोखिरहेका छन ।

Comments Box