पृथ्वीजयन्तीलाई ‘राष्ट्रिय एकता दिवस’को रुप दिने कसरत; अघिल्लो वर्ष सिंहदरबार अगाडि ‘गणतन्त्र मुर्दावाद’को नारा

०६२/६३ को आन्दोलनपछि सरकारी तवरबाट राष्ट्रिय एकता दिवस मनाउन छोडियो, तर, करिब ११ वर्षपछि सरकारले सार्वजनिक बिदा दिएर सरकारी तवरबाटै राष्ट्रिय एकता दिवस मनाइएको थियो



नेपाल गणतन्त्रात्मक राज्य भएपश्चात् बेलाबखत पृथ्वी जयन्तीलाई नै ‘राष्ट्रिय एकता दिवस’ को रूपमा मनाउने कि नमनाउने भनेर नेपाली समाजमा बहस तथा विवाद हुने गर्छ ।

 

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पक्षमा उभिने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्त्वका साथ उठाइरहेको एजेन्डामा रास्वपाले समर्थन गरेको हो ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिनुपर्ने कुरालाई पार्टी सरकारमा जान मुख्य शर्तका रूपमा अघि सारेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन यो विषयमा सहमति नभए सरकारमा जान थप कुरै अघि नबढ्ने बताउँछन् । तर, प्रधानमन्त्री प्रचण्डले भने अहिलेसम्म मौनता साँधिरहेका छन् ।

 

केही दिनअघि सत्तारुढ दलहरूको एउटा बैठकमा एकता दिवसलाई लिएर छलफल भएको थियो । स्रोतका अनुसार उक्त छलफलमा उपप्रधानमन्त्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेले पुस २७ गते सार्वजनिक बिदा दिँदा जनतामा राम्रो सन्देश जाने सुझाव दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले ‘एस’ वा ‘नो’ मा जवाफ दिएनन् । उनले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उनीप्रति आफूहरू पनि सकारात्मक नै रहेको बताए । यद्यपि, सार्वजनिक बिदाको प्रसंगमा केही बोलेनन् ।

 

सत्ता साझेदार प्रमुख दल नेकपा एमालेले पनि एकता दिवसका विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर, एमालेको वैचारिक रुझान पृथ्वीनारायण शाहको योगदानलाई यथोचित सम्मान गर्नुपर्छ भन्ने छ । सार्वजनिक बिदा दिने वा नदिने विषयमा एमालेले लिने अडान निर्णायक बन्न सक्ने स्रोत बताउँछ । एमाले नेताहरूले पनि यस विषयमा अहिल्यै बोल्न चाहेका छैनन् ।

 

०६२/६३ को आन्दोलनपछि नेपालमा राजतन्त्रको अन्त्यसँगै सरकारी तवरबाट राष्ट्रिय एकता दिवस मनाउन पनि छोडियो ।

तर, करिब ११ वर्षपछि अर्थात २०७४ पुस २७ गते तत्कालीन राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सार्वजनिक बिदा दिएर सरकारी तवरबाटै राष्ट्रिय एकता दिवस मनाइएको थियो । फेरि त्यसयता सरकारी तवरबाट औपचारिक रुपमा मनाउन छाडिएको छ ।


२७ पुष २०७८, मंगलवार

सिंहदरबार अगाडि ‘गणतन्त्र मुर्दावाद’ को नारा

पुर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्‍यार्पण गरेका छन् ।

 

 

मंगलबार दिउँसो समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका उनले पृथ्वीनारायणको सालिकमा उनले माल्यार्पण गरेका हुन् । उनले माल्यार्पण गरिरहँदा उनका समर्थकहरुले ‘गणतन्त्र मुर्दावाद’ को नारा लगाएका थिए ।

 

राष्ट्रपति भण्डारीद्वारा शालिकमा माल्यार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

 

 

पृथ्वीजयन्तीको अवसरमा आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् ।

 

 

कमल थापाद्वारा पृथ्वीजयन्तीको अवसरमा उक्त्त पार्टीद्वारा आयोजित कार्यक्रम बहिस्कार

राष्टृय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वअध्यक्ष कमल थापाले पृथ्वी जयन्तीका अवसरमा उक्त्त पार्टीद्वारा आयोजित कार्यक्रम वहिस्कार गर्ने भएका छन् ।उक्त्त पार्टीद्वारा पृथ्वीजयन्तकी अवसरमा मंगलबार राजधानीको भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गरेकामा थापाले सो कार्यक्रम बहिस्कार गर्ने भएका हुन् ।

 

प्रधानमन्त्रीद्वारा शुभकामना

२७ पौष (रासस) :  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

 

प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिनुभएको हो ।

Comments Box