नेपाली सेना सँग कुन कुन हेलिकप्टर छन ? खर्च कती ? जोखिम कती ?



भारतमा उच्छ पदस्थ अधिकारिको हेलिकप्टर दुर्घटना मा मृत्यु भएको खबर पछी नेपाल मा पनि भि.आई.पि. उडान बारे बहस सुरु भएको छ ।

 

 

सेना सँग कुन कुन हेलिकप्टर छन ?

नेपाली सेना सँग भएका हेलिकप्टर हरु को तथ्याङ्क खोज्दा ठ्याकै यो हेलिकप्टर एती सङ्ख्या मा चालु छन भन्ने तथ्याङ्क भेटिएन । सेनाले हावाई उडान सम्वन्धी कार्यविधीमा निम्न हेलिकप्टरको लिस्ट राखेको छ:

 

  • एमआई १७
  • ए एल एच
  • अगष्टा
  • ईक्युरेल्
  • बेल्
  • लान्सर्
  • स्काई ट्रक्
  • आईल्यान्डर्
  • ट्रेनर जहाज
  • का सा २३५

 

 

२७ चैत, २०७४ मा प्रकाशित हिमाल खबर को समाचार अनुसार सेनासँग चालू अवस्थाका १० वटा हेलिकप्टर र जहाज छन् । १० वटा नयाँ हेलिकप्टर र जहाज आउने प्रक्रियामा छन् ।

 

 

एमआई–१७भी ५

रुसमा बनेको एमआई–१७भी५ मोडलको विमान ठूलो उचाइ र राहत उद्धार कार्यमा प्रयोग गरिने गरिएको थियो। ‘एमआई १७ को इन्जिन निकै बलियो छ। यसको डाउनवास पनि निकै प्रभावकारी छ। यदि पाइलटले कम उचाइमा विमान चलाइरहँदा रुखमा ठोक्किने सम्भावना भने हुन्छ। यो अवस्थामा पाइलटलाई हेर्नमा समस्या हुन्छ। यो अवस्थामा अनुभवी पाइलटले पनि राम्रोसँग ठम्याउन सक्दैनन्’, समाचारमा लेखिएको छ, ‘हेलिकप्टर आधुनिक एभियोनिक्स सहितको छ। यद्यपि कम भिजिबिलिटी र बादलभन्दा तल भएको अवस्थामा ल्याण्डिङ गर्नु कठिन हुन्छ। कम उचाइमा उडेको विमानको गति घट्यो भने त्यसको गति बढाउनु अर्को समस्या हो। यो हेलिकप्टरमा फुल अथोरिटी डिजिटल इलेक्ट्रोनिक्स कन्ट्रोल पनि राखिएको थियो। जसको कारण पाइलटले इन्जिनलाई धेरै दबाब दिन खोजे पनि एमएडीईसीले त्यसलाई रोकिदिन्थ्यो। यो हेलिकप्टर विश्वभर प्रचलित रहेको र यसमा डिजिटल फ्लाइट रेकर्डर र एक ककपिट भ्वइस रेकर्डर पनि रहेको बताएको छ।

 

अत्याधिक खर्च

आव २०७४–७५ का लागि विनियोजित बजेटमा सरकारले नेपाली सेनाका लागि चालू र पूँजीगत शीर्षकतर्फ क्रमशः रु.३९ अर्ब १२ करोड र रु.५ अर्ब ६ करोड छुट्याएको थियो ।

आर्थिक वर्ष २०७३–७४ को बजेटमा सेनाका लागि रु.३ अर्ब ३५ करोड पूँजीगत बजेट छुट्याएको थियो । तर, सेनाले त्यस वर्ष रु.३ अर्ब ८५ करोड रकमान्तर गराएर थप पूँजीगत बजेट खर्च गर्‌यो ।

आव २०७०–७१ मा त सेनाले विनियोजित बजेटको डेढसय प्रतिशतभन्दा धेरै थप बजेट रकमान्तरमार्फत लगेर खर्च गरेको देखिन्छ ।

Comments Box