ओलि सहित १९ जना नयाँ पदाधिकारी को को भए ? , कसले कति मत पाए?



नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ । आयोगका संयोजक विजय सुब्बाले ओली १८३७ मत ल्याएर विजयी भएको घोषणा गरे । यस्तै भीम रावल २२३ मत ल्याएर पराजित भएको जानकारी दिए ।  चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका थिए ।

 

 

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

 

यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएको पनि घोषणा गरे ।

 

महासचिव- शंकर पोखरेल (निर्विरोध)

उपाध्यक्षहरू

  • अष्टलक्ष्मी शाक्य (१९७६)
  • सुरेन्द्र पाण्डे (१९२५)
  • सुवास नेम्वाङ (१८६५)
  • विष्णु पौडेल (१८५६)
  • युवराज ज्ञवाली (१८४२)
  • रामबहादुर थापा ‘बादल’ (१७६८)

उपमहासचिवहरू

  • प्रदीप ज्ञवाली (निर्विरोध)
  • पृथ्वीसुब्बा गुरूङ  (निर्विरोध)
  • विष्णु रिमाल (निर्विरोध)

सचिवहरू

  • गोकर्ण विष्ट (१९७६)
  • योगेश भट्टराई (१९६४)
  • पद्मा अर्याल (१८००)
  • छबिलाल विश्वकर्मा (१८००)
  • लेखराज भट्ट (१७०४)
  • टोपबहादुर रायामाझी (१७००)
  • रघुवीर महासेठ (१५१३)

१४ पदका लागि १८ जनाले उम्मेदवारी दिएका थिए।

उपाध्यक्षको चुनाव लडेका घनश्याम भुसाल तथा सचिवको चुनाव लडेका भीम आचार्य र टंक कार्की दुबै पराजित भएका छन् ।