एमाले महाधिवेशन; चुनाव नै भए कस्तो बन्ला समिकरण ?



महाधिवेशन उद्घाटन सुरु हुनै लाग्दासम्म पनि नेतृत्व चुनावबाट छानिन्छ कि सर्वसम्मत हुन्छ भन्ने निश्चित भएको छैन । विभिन्न पदका आकांक्षी अध्यक्ष केपी शर्मा ओलीको इसारा कुरेर बसेका छन् । महाधिवेशनमा भाग लिन विभिन्न क्षेत्रबाट चितवन आइपुगेका अधिकांश प्रतिनिधि भने सर्वसम्मत नेतृत्व चयनको पक्षमा देखिएका छन् ।

 

 

यसैबिच चुनाव भएमा कस्तो समिकरण बन्ला भन्ने चासो बढेको छ ।

उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीले महासचिवमा दाबी गरेको स्रोतले बताएको छ । पोखरेललाई उपाध्यक्ष ईश्वर पोखरेल र विष्णु रिमाल साथ दिएका थिए । पौडेललाई भने सुवास नेम्वाङलगायतले साथ दिएका छन् । महाधिवेशन उद्घाटनको पूर्वसन्ध्यामा अध्यक्ष ओली समूहमै दुई धार देखिएको हो ।


ओलीलाई पूर्वमाओवादी, आफू साथ दिँदै आएका नेता र दश बुँदे पक्षधरलाई समेत सन्तुलन मिलाएर अघि बढ्नुपर्ने बाध्यता छ । एकताको महाधिवेशनका रूपमा लिइएको एमालेको दसौँ महाधिवेशनमा निर्वाचन जोडबल थोरै र सहमतिको प्रयास अधिकतम भएको नेताहरु नै बताउँछन् ।