काङ्रेसको १४ औं महाधिवेशन; कस्को शक्ति कति ?



नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी अधिवेशनबाट २५ जिल्लाका सभापतिहरू चयन भएका छन्। यस्तै १ हजार ३ सय ३२ महाधिवेशन प्रतिनिधिमा ६ सय ५७ संस्थापन प्यानलबाट र ६ सय ६० पौडेल प्यानलबाट निर्वाचित भएका छन् । अन्य १५ जनामा निधि, सिटौला र कतिपय नखुलेका छन् ।

 

हालसम्मको परिणामअनुसार संस्थापन पक्षबाट जिल्ला सभापति बन्ने जिल्लाहरूमा मनाङ, हुम्ला, डोल्पा, जुम्ला, लमजुङ, डडेलधुरा, पाँचथर, सल्यान, ताप्लेजुङ, रामेछाप र म्याग्दी रहेका छन्। त्यस्तै वरिष्ठ नेता पौडेलले नेतृत्व गरेको इतर समूहका सभापति चयन भएका जिल्लाहरूमा लमजुङ, मुस्ताङ, संखुवासभा, भोजपुर, प्युठान, अर्घखाँची, बैतडी, रुकुमपूर्व, गोरखा, दोलखा, कालिकोट, बाजुरा र बझाङ रहेका छन्।

 

 

संस्थापन पक्ष   

  • डडेल्धुरा : भीमबहादुर साउद
  • लमजुङ : टकराज गुरुङ
  • मनाङ : शंकर गुरुङ 
  • सल्यान : केशवबहादुर विष्ट
  • डोल्पा : दीपेन्द्रबहादुर शाही
  • म्याग्दी : खमबहादुर गर्बुजा
  • ताप्लेजुङ : गजेन्द्र तुम्याहाङ
  • मुगु : ऐनबहादुर शाही
  • पाँचथर : रूपनारायण जवेगु
  • हुम्ला : मोहनविक्रम सिंह
  • बझाङ : खडक बोहरा
  • रामेछाप : पूर्णबहादुर तामाङ
  • जुम्ला : कर्णबहादुर शाही
  • जाजरकोट : वेदराज सिंह

संस्थापनइतर पक्ष 

  • गोरखा : नन्दप्रसाद न्यौपाने
  • प्युठान : विष्णुकुमार गिरी
  • अर्घाखाँची : केशव श्रेष्ठ
  • मुस्ताङ : रोमी गौचन थकाली
  • बैतडी : चतुरबहादुर चन्द
  • दोलखा : बर्मा लामा
  • कालिकोट : अम्बबहादुर शाही
  • संखुवासभा : दीपक खड्का
  • रूकुम पूर्व : केशरमान रोका
  • भोजपुर : विनोद वान्तवा
  • बाजुरा : रामसिंह रावल
  • तेह्रथुम : अर्जुन तुम्बाहाङफे

संस्थापन पक्षबाट सभापति देउवा र उपसभापति विमलेन्द्र निधि सभापतिका प्रत्याशी छन् । निधिको प्रभाव क्षेत्र मानिएको प्रदेश २ मा क्षेत्रीय अधिवेशन नै सुरु नभएकाले महाधिवेशन प्रतिनिधि चयन हुन सकेको छैन । प्रदेश २ का ८ जिल्लाबाट मात्रै ८ सय प्रतिनिधि चयन हुन्छन् ।

 

क्षेत्रीय अधिवेशनबाट करिब ४ हजार २ सय मतदाता चयन हुन्छन् । केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका समेत गर्दा झन्डै ४ हजार ५ सय हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । जिल्ला कार्यसमिति सभापतिमा पनि संस्थापन र इतर पक्षबीच बराबरी स्थितिमा छन् ।