गठबन्धनभित्र पनि उपगठबन्धन; माधव नेपाल र उन्को पार्टी उपेक्षामा

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत निर्वाचनमा गठबन्धनको मर्म विपरित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर अघि बढेको जनाए



काठमाडौं, १ असार: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत निर्वाचनमा गठबन्धनको मर्म विपरित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर अघि बढेको जनाएका छन् ।

 

 

 

मंगलवार काठमाडौंमा जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेता नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको निर्णयअनुसार सिट बाँडफाँड गर्न समेत तयार नभएको भनाइ छ ।

 

 

 

६ महानगरपालिका र ११ उपमहानगरलिका प्रमुख तथा उपप्रमुखको सिट बाँडफाँड गरिएको बाहेक आम रुपमा गठबन्धनमा सामेल सबै दलबीच चुनावी तालमेल हुन नसकेको निश्कर्ष निकाल्दै अध्यक्ष नेपालले भनेका छन्, ‘अघिल्लो स्थानीय तहमा पहिलो, दोस्रो र तेस्रो भएका पार्टीहरूमध्ये दोस्रो र तेस्रो पार्टी मिलेर गए पहिलो पार्टीलाई हराउँन सक्छन् भन्ने र अघिल्लो निर्वाचनमा एमालेले प्राप्त गरेको मत एक देखी २० प्रतिशत कटौती भए उसले सिट गुमाउने छ भन्ने तथ्यांकसहित प्रस्तुत भएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आफूहरू मात्रै मिलेर अघि जाने गरी बढे, उनीहरू स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनकाबीच सिट बाँडफाँड गर्न तयार भएनन्, त्यसैले आम रुपमा पाँच दलीय गठबन्धन हुन सकेन ।’

 

सोही कारण कांग्रेस र माओवादी केन्द्रले गठबन्धनमा आवद्ध दलहरूलाई पन्छाएर आफूहरूबीचमा मात्रै सिट बाँडफाँट गरेकोमा नेपालको प्रतिवेदनमा गुनासो प्रकट भएका छन् । ‘धेरै पालिकामा कांग्रेस र माओवादी केन्द्रबीचमा मात्रै सिट बाँडफाँट गरियो, त्यो पनि पालिका, उपप्रमुख र वा अध्यक्ष र उपाध्यक्ष पदको मात्र । वडाको बाँडफाँट त उक्त दुई पार्टीकाबीचमा पनि भएन ।’ उनका अनुसार तल्लो तहसम्म गठबन्धन हुनु पर्नेमा कांग्रेस र माओवादीका कारण हुन सकेको थिएन ।

 

गठबन्धतभित्र पाँच समस्या
नेपालले गठबन्धनभित्र पनि उपगठबन्धन गर्ने कुरालाई पुनः दोहो¥याउँदै स्थानीय तह निर्वाचनमा सही रुपमा तालमेल हुन नसकेको विषयलाई सात बँुदामा उल्लेख गरेका छन् ।

 

उनका अनुसार गठबन्धनभित्र पाँच प्रकारका समस्या रहे, पहिलो गठबन्धन गर्न नै नचाहने, दोस्रो गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, तेस्रो गठबन्धनभित्र उपगठबन्धन गर्ने, चाँैथौँ, गठबन्धन भएका स्थानमा इमान्दारितापूर्वक भोट नहाल्ने पाँच गठबन्धन बाहिरका दलहरूसँग चुनावी तालमेल गर्ने, छौटौँ, गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु्, सातौँ गठबन्धनलाई आफ्नो हितमा मात्रै प्रयोग गर्न चाहने । ‘यो प्रवत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रामा देखियो,’ मंगलवार जारी बैठकमा नेपालले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।


३ बैशाख २०७९, शनिबार

हामी निर्णायक हौं : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई अपमानपूर्ण व्यवहार गर्न थालिएको भन्दै त्यसरी अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।  शनिबार काठमाडौंमा भएको पार्टी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीबारे केहीलाई अझै भ्रम रहेको पनि बताए । उनले आफ्नो पार्टीबारे भ्रम रहेकाहरुले कता-कता  अवमूल्यन गर्ने गरेको सुनेको भन्दै त्यसो नगर्न चेतावनी समेत दिएका हुन् ।

 

‘हाम्रो शक्तिको बारेमा विभिन्न पार्टीहरूलाई अझै पनि भ्रम छ । यो भ्रम भएकाले कताकता हामीमाथि अपमानपूर्ण व्यवहार गरेको सुन्नमा आएको छ’, अध्यक्ष नेपालले भने, ‘त्यही भएर हामीले भन्ने गरेका छौ यसरी आफ्नो शक्तिको अति मूल्याङ्कन गर्ने काम नगर्नुस् ।  हाम्रो शक्तिको अवमूल्यन पनि नगर्नुस् ।’

 

अध्यक्ष नेपालले कसले अवमूल्यन र अपमान गर्यो भनेर किटान नगरेपनि उनको भनाई गठबन्धनका नेताप्रति लक्षित रहेको थियो । अध्यक्ष नेपालले आफ्नो शक्ति निर्णायक शक्तिका रुपमा रहेको दावी पनि गरे ।

 

‘हाम्रो शक्ति निर्णायक शक्तिका रुपमा रहने गरेको छ । निर्णायक शक्तिका रुपमा रहेकाले नै केपी ओलीको समूहलाई वादशाहलाई घोडाबाट झारे झै झार्ने कुरामा निर्णायक भूमिका खेलेको छौ, चेतना भया’, अध्यक्ष नेपालको भनाइ छ । उनले केपी ओलीको संगत दक्षिणपन्थहरुसँग रहेको भन्दै आफुहरुले वामपन्थी र लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन गरेर दक्षिणपन्थी प्रतिगमनकारीहरुसँग संघर्ष गरिरहेको बताए ।

 

नेता नेपालले विशेष परिस्थितिमा पार्टी गठन गरेको भन्दै कतिपयले आफ्नो पार्टी नयाँ कि पुरानो भनेर प्रश्न उठ्ने गरेको भन्दै  दुवै प्रश्न सहि भएको बताए । ‘पार्टी नयाँ हो, आन्दोलनको हिसाबले पुरानो हो । नामको हिसाबले नयाँ र नेतृत्वको हिसाबले लामो समय खारिएका नेताहरु, कार्यकर्ताले भरिएको पार्टी हो’, नेपालको भनाइ छ । पार्टी गठन भएको छोटो समयमै निर्वाचनमा जानुपर्ने अवस्था आएको भन्दै  एक वर्षको समय पाएर चुनावमा जान पाएको भए वास्तविक शक्ति देखाउन सक्ने अध्यक्ष नेपालको भनाइ छ ।

११ चैत्र २०७८, शुक्रबार

ओली ज्ञानेन्द्र निवास जाने गरेका छन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको बताएका छन् ।  शुक्रबार पार्टी निकट महिला संघको भेलालाई काठमाडौमा सम्बोधन गर्दै नेपालले भने, ‘उनी सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालेमेल मिलाउन खोजिरहेका छन् । किनभने उनी दक्षिणपन्थी शक्ति हुन् । दक्षिण पन्थीहरु दक्षिणपन्थी शक्तिसँग मिल्छन् ।’

 


७ मंसिर २०७८, मंगलवार

नेकपा एमालेले जनता र देशलाई भुलेर गलत बाटोमा हिँडेपछि त्यानुपरेको हो : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताउनुभएको छ । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा अध्यक्ष नेपालले भन्नुभयो, “नेकपा एमाले विदेशीको दलालीमा लाग्यो । त्यसैले पुरानो घर त्यानुपरेको हो ।” अध्यक्ष नेपालले अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडि बढेको बताउँदै भन्नुभयो, “न्याय र सत्यको जित अवश्य हुनेछ ।” नेपालले आफू ५२ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा लागेको उल्लेख गर्दै भन्नुभयो, “ठूला ठूला काम गरेका छौँ । राजाको शासन उखेलेर फाल्यौँ ।”

 

उहाँले हिन्दी शैलीमा भन्नुभयोे, “जो हमसे टकराएगा चुर चुर हो जाएगा ।” उहाँले आफूहरु प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभिएको बताउनुभयो । अध्यक्ष नेपालले नेकपा एकीकृत समाजावदीले जहिल्यै जनताको सुःख दुःखमा साथ दिने प्रतिबद्धता जनाउनुभयो । कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सिर्जना गरी सबैको जीवन राम्रो बनाउन आफूहरु लागि परेको उहाँको भनाइ थियो । कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चिह्न कलम लिएर जनतामाझ आएको उहाँको भनाइ थियो ।

Comments Box