“डीनर खाएको चिसो हात पनि सुक्न नपाउँदै राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेक”



काठमाडौं, २ साउन: नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति व्यङ्ग्य गरेका छन् ।

 

उत्तरी छिमेकीसँग डिनर खाएको चिसा हात सुक्न नपाउँदै प्रचण्ड राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेकी भारत पुगेको आरोप उनले लगाएका छन् ।

 

प्रचण्डको भारत भ्रमण असफल भएको उनको दाबी छ ।

 

‘उत्तरी छिमेकीसँग डीनर खाएको चिसो हात पनि सुक्न नपाउँदै राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेक पुगेका पुर्वप्रम पुष्पकमल दहालले पाईजामा भेटबाट आरम्भ गरेको दौडको क्लाइमेक्स भेट बाटोमै कोल्याप्स भए पनि सफल रहेकोमा शंका रहेन । उनकै आग्रहमा भएको भ्रमणको तालीका गडबड हुनु खासमा अपमान होईन !,’ सामाजिक सञ्जाल ट्वीटरमा बास्कोटाले आज लेखेका छन् ।

 

भारतको तीन दिने भ्रमण सम्पन्न गरी प्रचण्ड आइतबार स्वदेश फर्केका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ताको लागि समय नदिएपछि प्रचण्डले भारतीय विदेशमन्त्री र भारतीय जनता पार्टीका अध्यक्षलाई भेटेर फर्केका थिए ।

 

नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको दाबी गरेका थिए ।


१ मंसिर २०७८, बुधबार

प्रचण्ड जाने कार्यक्रमका लागि नगरभित्र सार्वजनिक बिदा !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि भएर जाने कार्यक्रमका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले नगरभित्र सार्वजनिक बिदा दिएको छ।

 

 

प्रचण्डले बुधबार यस नगरपालिकाको आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रम छ। जसका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले बुद्यबार सार्वजनिक बिदा दिएको हो।

 

प्रचण्डले वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९ आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिका मेयर अशोक कुमार मण्डलद्वारा जारी गरेको सूचना पत्रमा उल्लेख छ। रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुर –५ मा कार्यक्रम गरेर संयुक्त रूपमा यी सबै केन्द्रहरू उद्घाटन गरिने मेयर मण्डलले बताए।

 

नगरपालिकाका मेयर मण्डल र प्रमुख प्रशासकिय अधिकृतको संयुक्त हस्ताक्षरमा मंगलबार सूचना निकालेर एक दिनका लागि सार्वजनिक बिदा दिइएकोले कार्यक्रममा उपस्थित भइदिन समेत आग्रह गरिएको छ।

यो समाचार आजको नगरिक दैनिक  मा छापिएको छ ।

Comments Box