तिलिचो जाने क्रममा युवाको मृत्यु ; Acclimatization लाई ध्यान दिन पर्यटन व्यवसायीको आग्रह



२९ कार्तिक :  मनाङमा लेक लागेर एक युवकको मृत्यु भएको छ । रामेछाप घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

विश्वकै अग्लोमध्येको एक तिलिचो ताल (४,९१९ मि) भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्दार गरिएको थियो ।

 

 

तिलिचो ताल भ्रमणका लागि तिलिचो बेसक्याम्प (४,१५०मि)मा पुगेका उनलाई हाई अल्टिच्यूड र चिसोका कारण लेक लागेर विरामी भएपछि उनको टोली नै फिर्ता भएको थियो । उनीहरू काठमाडौंबाट बेंसीसहर–चामे–मनाङ हुँदै खाङ्सारसम्म मोटरसाइकलमा पुगेका थिए । खाङ्सारबाट माथि सडक नभएका कारण उनीहरू हिँडेरै तिलिचोतर्फ गएका थिए ।

 

 

अब सम्भव छ – मोटरबाईकमा खाङ्सार अनि तिलिचो पदयात्रा

 

 

करिब ६ घण्टाको बाटो खाङ्सार (३,७५६मि) सम्म बोक्दै, हिँडाउँदै ल्याएको र त्यसपछि आधा घण्टा सवारी साधन चढाएर मनाङ ल्याइएपछि उनको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । हेलिकप्टरले उद्दार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको मनाङका डीएसपी सुवास खड्काले बताए ।

 

 

 

 

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली कात्तिक २१ गते काठमाडौंबाट हिँडेको थियो । उनका अनुसार यो घटना बिहीबारको हो । ‘लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएछन् । मनाङबाट हेलिकप्टरले उद्दार गरेको हो’ उनले भने, ‘उद्दार गरेर टिचिङमा लगेर उपचार थालेकोमा उनको निधन भएछ ।’

 

मनाङमा वाढी पहिरो ले अवरुद्ध गरेको सडक खुल्यो

 

अहिले काठमाडौंदेखि बेंसीसहर–चामे–मनाङ हुँदै सिँधै खाङ्सारसम्म सवारीसाधन संचालनमा छ । विदेशी पर्यटक मनाङ गाउँ पुगेर १ दिन आराम गरी तिलिचो वा थोराङ्ला (५,४१६मि) पासको यात्रा गर्छन् । नेपालहरू तल्लो क्षेत्रबाट सिधै हिमाली क्षेत्रमा जाने भएकाले एकैचोटी उचाइमा जाँदा लेक लाग्ने समस्या हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कार्यालय प्रमुख लेखनाथ गौतमले बताए । उनका अनुसार हिमाली क्षेत्रको भ्रमण गर्नेले सावधानीपूर्वक यात्रा गरेमा यात्रा सहज हुन्छ ।

Acclimatization लाई ध्यान दिनुस” – मनाङका युवा पर्यटनकर्मी 

यसरि मोटोरबाईकमा यात्रा गर्दा Acclimatization भने एकदम ध्यान पुर्याउनु पर्ने मनाङका युवा पर्यटनकर्मी वताउँछन । त्यसो गर्दा स्वास्थ्य समस्या न हुने उनिहरु बताउछन ।

 

तिलिचो बेसक्याम्पको सुन्दर ‘होटेल खाङसार खाङ’ (तस्बिरहरु)

 

 

यसरि यात्रा गर्दा सडक सुरक्षा र व्यक्तिगत सुरक्षालाई विशेष ध्यान दिन समेत स्थानिय पर्यटन व्यवसायीहरुले आग्रह गरेका छन ।