प्रभु बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपका रिसोर्ट, होटल, रेस्टुरेण्ट, क्याफेमा २०% सम्म छुट



प्रभु बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.का बिच सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरीरहेका सम्पूर्ण ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुपद्धारा सञ्चालित रिसोर्ट, होटल, रेस्टुरेण्ट, क्याफेमा फुड एण्ड वेभरेजमा १० प्रतिशत र लजिङ्ग सुविधामा २० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

 

 

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री मनिराम पोखरेल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.का तर्फबाट प्रमूख कार्यकारी अधिकृत श्री कृष्ण प्रसाद न्यौपानेले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

 

 

सम्झौता अन्तर्गत सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, त्तच् र एइक् मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

 

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Comments Box