ङिस्याङ मनाङ वुमेन सोसाईटिद्वारा गोरखाका वालबालिका लाई सहयोग

ङिस्याङ मनाङ वुमेन सोसाईटिमा आवद्ध महिलाहरुले निकै अघी देखी समाज सेवामा उत्कृष्ट कार्यहरु गर्दै महिला सशक्त्तिकरणको अनुपम उदाहरण पेश गर्दै आएका छन



ङिस्याङ मनाङ वुमेन सोसाईटिले गोरखाको कासी गाउँ र केरोजा गाउँका श्री केरोजा विद्यालयका ४ सय २, श्री गण्डकी विद्यालयका २४७ विद्यार्थीलाई जुत्ता र मोजा वितरण गरेको छ । गोरखाको बेसीस्थित श्रीशिव विद्यालयका ४४ विद्यार्थीलाई पञ्जा टोपी, मफलर, जुत्ता र मोजा वितरण  गरेको छ।

 

 

यसअघी सोसाईटीले चितवनको ईच्छाकामना गाउँपालिकाका ४ सय ६ चेपाङ गाउँलेलाई ज्याकेट वितरण गरेको थियो । ओर्लाङ र मायाटार गाउँको राष्ट्रिय आधारभुत विद्यालयका ३०९ चेपाङ विद्यार्थीलाई पनि नगद र बिस्कुट वितरण गरेको थियो ।

 

सोसाईटीमा आवद्ध महिलाहरुले निकै अघी देखी समाज सेवामा उत्कृष्ट कार्यहरु गर्दै महिला सशक्त्तिकरणको अनुपम उदाहरण पेश गर्दै आएका छन ।

 

 


३ असार २०७९, शुक्रबार

सशक्त्तिकरणको अनुपम उदाहरण – ङिस्याङ मनाङ वुमेन सोसाईटि

ङिस्याङ मनाङ वुमेन सोसाईटि (Nyesyang Manang Women Society, NMWS) ले भर्खरै मात्र मनाङ जिल्लाको विभिन्न ठाउँमा वालवालिका र जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने सप्ताहव्यापी कार्यक्रम सन्चालन गरेको छ ।

 

गत साता सोसाईटीका सदस्यहरुले मनाङको नार्पाभुमी वाहेकका सबै गाउँपालिकाका विभिन्न ठाउँहरुमा लगायतका पुगी सामाग्रीहरु हस्तान्तरण गरेको छ । नार्पाभुमी गाउँपालिकामा भने मौसम अनुकुल भएका बेला पुग्ने उनिहरुको उद्देश्य रहेको छ ।

 

सोसाईटीकि वर्तमान अध्यक्ष कमला गुरुङका अनुसार सोसाईटीले मनाङका स्कुलहरुमा पुगेर वालबालिकालाई साबुन, जुत्ता, मोजा तथा न्यानो कपडाहरु वितरण गरेको हो । यसैगरी जेष्ट नागरिकहरुलाई समेत साबुन, जुत्ता, मोजा, न्यानो कपडा तथा आर्थीक सहयोग पनि गरेको छ ।

 

 

आफुले गर्न चाहेमा घरको जिम्मेवारी बोकेका महिला हुँदा पनि उत्कृष्ट कामहरु गर्न सकिन्छ भन्ने कुरामा विश्वास राख्ने गरेको सोसाईटिमा आवद्ध महिलाहरु बताउँछन । त्यो माथि झन राम्रो काम गर्ने टिम मिल्दा अझ प्रवाभकारी काम गर्न सकिने अनुभव पनि गरेका छन उनिहरुले ।

 

सुरुवात

ङिस्याङ मनाङ वुमेन सोसाईटि २०६८ सालमा  ७ जना बाट सुरु गरिएको हो । अहिले भने माथिल्लो मनाङका ७ वटै गाउँका महिलाहरु यसमा आवद्ध छन । सुरुदेखी हरेक सदस्य बाट मासिक ५०० का दरले पैसा उठाएर कोष सन्चालन गरिदै आएको छ । काम गर्दै जादाँ आफन्तहरु बाट साथ पाउदै गएको सोसाईटिकि संस्थापक अध्यक्ष छेटे गुरुङले बताईन ।

 

 

स्थापना कै साल २०६८ मा मधेसमा पहाडीलाई लखेटछन भन्ने आम धारणा हुँदा हुँदै सोसाईटीले महोत्तरीमा आएको वाढीबाट पिडितहरु लाई राहत पुर्याएको थियो ।

 

मनाङ मात्र होईन देश सेवा गर्ने उद्देश्य

जता पनि आपत-विपद परेको बेला त्यस ठाउँमा पुगेर आफुले सकेको सहयोग गरौं भन्ने लाग्छ सोसाईटिका सदस्यहरु लाई । बर्दियामा वाढी पहिरो आउँदा आफुहरु , आफ्न्त र साथी भाईसँग मिलेर रकमको जोहो गरी लत्ता कपडा , ओड्ने ओछ्याउने सामाग्री तथा खाध्यान्न लिएर सोसाईटी  पुगेको थियो ।

 

२०७२ साल को भूकम्प ले देश नै आक्रान्त परेको बेला NMWS देश का १४ जिल्ला मा विभिन्न राहत सामाग्री लिएर गयो । त्यतिबेला मनाङ समाज सेवा समिती ले सहयोग जुटाउन ठुलो साथ दिएको थियो । देश विदेश मा रहेका मनाङ वासी हरु ले समेत होस्टे मा हैसे गरेका थिए ।

 

विश्वव्यापि कोरोना भाईरसको सङ्क्रमणले स्वास्थ आपतकाल मात्र निम्त्याएन कि दैनिक जनजिवनमा समेत निकै प्रभाव पार्यो । लकडाउनका कारण कतिपय मानिसहरुको रोजी रोटी नै खोसियो । त्यस्तो बेलामा पनि मानविय सहायताको निम्ती सोसाईटी अग्रसर भयो । सामाजिक सन्जाल र सन्चार माध्याममा मानिसको दुख देखेपछी सोसाईटी कै अगुवाहीमा खाने खुवाउने कार्यक्रम सन्चालन गर्‍यो । एकैठाउँमा धेरै मान्छे जम्मा गर्दा सन्क्रमण झान वड्ने कुरा लाई मध्य नजर राख्दै खाना प्याकिङ गरेर विभिन्न ठाउँमा पुर्याउने कार्यमा समेत सोसाईटी संलग्न भयो । यो काम भने मनाङ मर्स्याङी क्लव , मनाङ समाज सेवा समिती र ङिस्याङ मनाङ वुमेन सोसाईटि मिलेर गरेको कार्य थियो ।

 

अभिरल वर्षा, वाढी, पहिरो पछी राहत

२०७८ जेष्ट अन्तिममा र असारको सुरुमा नै मनाङमा भिषण वर्षा, वाढी र पहिरोले आम मनाङ वासीमा ठुलो समस्या सिर्जना गर्‍यो । मनाङ सडक सन्जालबाट पूर्ण रुपमा विच्छेद भयो भने कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय झन विग्रदा धेरै नै गाह्रो अवस्थाको सिर्जना गर्‍यो ।

 

यस्तो बेलामा सोसाईटीले मनाङ मर्स्याङ्दी क्लव सँग मिलेर मनाङका सबै ठाउँमा घरमा अति आवस्यक पर्ने वस्तुहरु र महिला दिदी बहिनी लाई महिनावारी स्वछता को लागी चाहिने sanitary सामाग्रीहरु समेत लिएर गएको थियो । यो कार्य ‘सोसाईटी’ले मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेसँग सरकारी तथ्याङ्क लिएर सन्चालन गरेको थियो । सरकारी निकाय सँग उचित समन्वय भएकाले समेत त्यो बेला राहत वितरण सहज भएको अनुभव सोसाईटीसँग छ ।

 

सोसाईटीले जाडोको समयमा ओर्लाङका चेपाङ विध्यार्थी , नालाका बौद्ध भिक्छुहरु आदी लाई समेत आवस्यक पर्ने जुत्ता, लत्ता-कपडा आदी वितरण गरेको थियो ।

 

हरेक साल सोसाईटीले काठ्मान्डौ स्वयम्भुमा रहेको मनाङ गुम्वामा जेष्ठ नागरिकहरुलाई पिकनिक समेत आयोजना गर्दै आईरहेको छ ।

Comments Box