अरु बेला बस्ने घर भर्सेस चुनावका बेला बस्ने घर



खुमलटार हाइटमा रहेको प्रचण्डको घरमा ठूलो कम्पाउण्ड समेत छ। डाँडामा रहेको उनको घरबाट ललितपुरको दृश्य समेत देख्न सकिन्छ। घर सँगै सुरक्षाकर्मीका लागि आवास गृह समेत तयार गरिएको छ।

 

प्रचण्डलाई नयाँ घर शारदाप्रसाद अधिकारीले उपलब्ध गराएका हुन्। घर भाडामा लिइएको हो वा हैन भन्ने विषयमा उनको सचिवालयले केही खुलाएको छैन। अधिकारी ‘ए’ ग्रेडका ठेकेदार हुन्।

 

घर भाडामा लिइएको हो वा हैन भन्ने विषयमा उनको सचिवालयले केही खुलाएको छैन। अधिकारी ‘ए’ ग्रेडका ठेकेदार हुन्।

 

भर्खरै मात्र भरतपुर महानगरपालिका वडा नम्बर- १४ स्थित शिवनगरमा उनका लागि एक तले घर निर्माण भएको छ ।

 

यो उनको घर पुख्यौली सम्पक्तिमा बनेको हो । यो उनको निर्वाचन क्षेत्रमा पनि पर्छ ।

 

करिब १० कट्ठा जमिनको मध्यभागमा उक्त घर निर्माण भएको छ । बाबु मुक्तिराम दाहालले २०४८ सालतिर यहाँको रहेको केही जमिन बिक्री गरेपछि करिब ६ कट्ठा मात्रै बाँकी रहेको थियो।

 

प्रचण्डका बाबु मुक्तिराम भरतपुर-६ वैदिक नगरमा रहेको घरमा बस्थे। उनको त्यही निवासमा निधन भएको थियो।

Comments Box