क्रान्तिकारीको सम्मेलन सर्‍यो



५ असोज (रासस) :  अनेरास्ववियु (क्रान्तिकारी)को २२आँै राष्ट्रिय सम्मेलनमा सरेको छ । यही असोज ८ देखि १० गतेसम्म हुने भनिएको सम्मेलन असोज १४ देखि १६ गतेसम्म हुने क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँले सम्मेलनको तयारी नपुगेकाले सम्मेलन सार्नु परेको बताउनुभयो । आज पार्टी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ र विद्यार्थी इन्चार्ज हितमान शाक्यको उपस्थितिमा बसेको केन्द्रीय कार्यालयको बैठकले सम्मेलन सार्ने निर्णय गरेको उहाँले बताउनुभयो । क्रान्तिकारीको अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्मेलन र ६० वटा मात्र जिल्ला सम्मेलन भएका छन् ।

 

 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने राष्ट्रिय सम्मेलनमा ८९९ प्रतिनिधि सहभागी हुनेछन् । बन्दसत्र भने कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा हुनेछ । यसअघि क्रान्तिकारीले भदौ २६ मा विधान सम्मेलन गरेको थियो । विधान सम्मेलनले २३ पदाधिकारीसहित १९९ केन्द्रीय समिति हुने निर्णय गरेको थियो । २०७४ सालमा क्रान्तिकारीको २१ औँ सम्मेलन भएको थियो ।

Comments Box