काठमाडौंको विमानस्थलमा वेथितिका चाङ; सरकार र मन्त्री सत्ता जोगाउन र भाषणमा नै व्यस्त



केहिदिन अघी ललितपुरका शिव नापित बिदेशबाट आउन लागेका आफ्ना विदेशी साथीलाई लिन त्रिभुवन विमानस्थल पुगे । व्यस्त समयका वाबझुत उन्ले साथी भेट्न करिव ३ घण्टा कुर्नुपर्‍यो । विमान समयमा नै ल्याण्ड भएको भए पनि विदेशी साथीले भिजा लगायत कागजी प्रकृया पुरा गर्न लामो लाईन र घण्टौ प्रखिनु परेकोमा दुख व्यक्त गर्‍यो । नापितको मनमा साथीले भनेको वाक्याम्श अझै गुन्जिन्छ: “यती सुन्दर देशको यस्तो भद्रगोल व्यवस्था …..”

 

नेपालमा अरु अन्तराष्ट्रेय विमान्स्थल सन्चालनको तयारी हुँदै छ र देशमा चरम डलर सङ्कट परेकाले विदेशी पर्यटकको आगमनले केहि सहजता थप्ने विश्वाश गरिन्छ तर विमान्स्थलमा रहेको वेथितीले विदेशी आउन भन्दा नआउने बनाएको छ ।

 

 

‘अनअराइभल’ भिसामा नेपाल आउने पर्यटकलाई साथमा दुई सय अमेरिकी डलर नगद बोकेरै आउन आग्रह

भुवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयले ‘अनअराइभल’ भिसामा नेपाल आउने पर्यटकलाई साथमा दुई सय अमेरिकी डलर नगद बोकेरै आउन आग्रह गरेको छ। कोरोनाका कारण थलिएको नेपाली पर्यटन क्षेत्रमा भर्खर-भर्खर विदेशी पर्यटक आउन थालेका बेला अध्यागमन कार्यालयले यस्तो आग्रह गरेपछि आलोचना भएको छ।

विमानस्थल अध्यागमन कार्यालय प्रमुख पुष्पराज शाहीका अनुसार एक साताअघि सूचना जारी गरी अनअराइभल भिसा लिने पर्यटकलाई साथमा दुई सय अमेरिकी डलर नगद बोक्न आग्रह गरिएको हो।‍

अध्यागमनले भने कुनै विशेष कारणले नभई विमानस्थलमा विद्युतीय भुक्तानीमा समस्या आएकाले यस्तो निर्णय गरेको जनाएको छ। अहिले मास्टर, भिसा कार्ड चल्ने एटिएम नचलेकाले यस्तो आग्रह गरिएको उनको भनाइ छ।

विमानस्थलमा एउटा मात्र एटिएम मेसिन छ। त्यसैले धेरै भिडभाड तथा प्राविधिक समस्याका कारण रकम ननिस्किने समस्या भइरहन्छ। त्यसैले भिसा तथा मास्टर कार्डबाट पैसा निकाल्न कठिन भएको उनी बताउँछन्।

 

वैठकमा सिमित हुन्छन मन्त्रीका निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स–रे मेसिन जडान गर्न, भिडभाड व्यवस्थापन गर्न र एटीएम मेसिन मर्मत गर्न निर्देशन दिएका छन् । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलगायतलाई सोमबार बोलाएर खाणले ती तीनवटै काम छिटो गर्न निर्देशन दिएका हुन् ।

२० चैत्र २०७८, आईतवार

प्रतीक्षालयमा आफन्त कुर्दा शुल्क

त्रिभुवन विमानस्थलमा करिब ३ महिनादेखि आगमनतर्फ जाने यात्रुलाई प्रतीक्षालयमा बस्नका लागि शुल्क लिन थालिएको छ । त्रिभुवन विमानस्थलले आगनतर्फको भागको व्यवस्थापन ‘आईएमएस एयरपोर्ट सर्भिस’लाई जिम्मा लगाएपछि त्यहाँ जाने यात्रुका आफन्त तथा साथीभाइ अनेक बहानामा ठगिन थालेका छन् । कम्पनीले ‘सुपररियर’ र ‘डिलक्स’ रुम छुट्याएर शुल्क तिर्नेहरुलाई आगमन कक्षको भित्रैसम्म जान दिने गरेको छ । प्रतिव्यक्ति सय रुपैयाँ तिर्नेहरुले त यात्रुलाई आगमन कक्षको भित्री भागसम्मै पुगेर स्वागत गर्न पाउँछन् ।

 

 

 

 

विमानस्थलमा आएकाहरु पार्किङ शुल्क पनि महँगो भएको गुनासो गर्छन् । ट्याक्सीहरुको दादागिरी अझै पनि व्यवस्थापन नभएको भन्दै उनीहरुले ठगी झन् मौलाएको गुनासो गर्छन् । त्यहाँ बनेको व्यापारिक भवनमा रेस्टुरेन्टसहित अन्य सेवा पनि महँगो भएको उनीहरुको भनाइ छ ।

 

एयरपोर्टमा यसरी यात्रुसँग पैसा उठाइरहेको आईएमएस एयरपोर्ट सर्भिस व्यवसायी दीपक मल्होत्राको कम्पनी हो । ७ कात्तिक २०६९ मा साविक ‘रसुवा केडी जेभी’सँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले वार्षिक करिब ७० लाख रुपैयाँ भाडा लिने गरी ३० वर्षका लागि जग्गा भाडामा लगाउने सम्बन्धी सम्झौता गरेको थियो ।

 

समयमै नबनेपछि विमानस्थलसँग नै कम्पनीको भाडा विवाद छ । करिब ५१ रोपनी सरकारी जग्गामा हालीमुहाली गरिरहेको निजी कम्पनी भने भाडा छल्न र ‘लिज’ अवधि लम्ब्याउन अनेकन् तानाबाना बुन्दै आएको छ ।

 

तत्कालीन समयमा अर्थ मन्त्रालयसहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माण, व्यवस्थापन, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा प्रवेशद्वारसँगैको जग्गामा हवाई यात्रुबाहिर निस्कने मार्ग, आगन्तुक प्रतीक्षालय कक्ष, चमेना गृह, पर्यटकका लागि मनोरञ्जन पार्क, बगैंचा, बालबालिका क्रीडास्थल, व्यावसायिक भवन लगायत बनाउन विमानस्थल कार्यालयलाई स्वीकृति दिएको थियो ।

 

त्यसैअनुसार विमानस्थलको मुख्य गेटसँगैको ५० रोपनी १५ कट्ठा–३ धुर १ पैसा जग्गा ‘रसुवा केडी जेभी’ले भाडामा लिएको हो । सम्झौता गरेको रसुवा केडी जेभीमा रहेका विमल पोद्दार ३३ किलो सुन प्रकरणमा मुछिएपछि सो कम्पनीको स्वामित्व ‘आईएमएस एयरपोर्ट सर्भिस’ले लियो ।

 

आईएमएसले जग्गा भाडामा लिएपछि अनेकन् बदमासी गर्‍यो । विमानस्थलको सुरक्षामा चुनौती थप्दै सम्झौतामा उल्लेख भएभन्दा बढी तलाको भवन पनि बनाएको छ । सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिने विमानस्थल क्षेत्रभित्रै आईएमएसले पूर्वस्वीकृत डिजाइन मिचेर अग्लो भवन बनाउँदा विमानस्थलले देखे/नदेखेझैं गरेको थियो ।

अहिले आगमनतर्फको भागमा पनि कम्पनीले मनलाग्दी पूर्वाधार बनाएर मनपरी शुल्क असुलिरहँदा विमानस्थल कार्यालय र प्राधिकरण मौन बसेका छन् ।

प्रतीक्षालयमा शुल्क तिर्नुपर्ने नियमको चर्को विरोध

सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले पनि पछिल्लो कदमको तीव्र विरोध गरिरहेका छन्।

Comments Box