५ लाखसम्म कमाउनेले १ प्रतिशतमात्रै कर तिर्नु पर्ने

दम्पत्तीको हकमा भने ६ लाख रुपैयाँसम्म कमाउँदा एक प्रतिशतमात्रै कर



काठमाडौं, १५ जेठ: सरकारले आयकरको सीमा हेरफेर गरेको छ ।

 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थनमन्त्री जनार्दन शर्माले पाँच लाख रुपैयाँसम्म कमाउने व्यक्तिले एक प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।

 

यस्तै दम्पत्तीको हकमा भने ६ लाख रुपैयाँसम्म कमाउँदा एक प्रतिशतमात्रै कर लाग्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

 

विद्यमान  व्यवस्थाअनुसार चार लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले एक प्रतिशत र दम्पत्तीले चार लाख ५० हजार रुपैयाँसम्म कमाउँदा एक प्रतिशत कर लाग्ने लाग्ने व्यवस्था छ ।

Comments Box