के अब सरकारी खर्च रोकिने हो ? प्रधानमन्त्रीको गैर जिम्मेवारी उत्तर !



अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश ६० दिनभित्र अर्थात भदौ ३० गतेसम्म संसदबाट पारित नभएपछि सरकारले खर्च गर्न भने नपाउने भएको छ ।

 

प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवालाई पत्रकारले  के अब सरकारी खाता रोकिने र खर्च नहुने हो  भनेर सोधेका थिए तर देउवाले जवाफ दिए, ‘हिजो जसरी चल्याथ्यो, त्यसैगरी ।’

 

 

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५-७ दिन सरकारी खर्च रोकिन सक्ने बताए । प्रतिस्थापन विधेयक मंगलबार रातिसम्म पारित हुँदा खर्च गर्न उत्पन्न हुने समस्याको विषयमा सोधिएको प्रश्नमा सरकारी खर्च ५-७ दिन रोकिँदा फरक नपर्ने उनले बताए ।