म्यादी मुख्यमन्त्री

एमाले सरकारलाइ बिस्थापित गर्नेक्रममा गत कात्तिक ७ गते नै यो वर्षको बजेट भाषणपछि नेकपा एसले कांग्रेसलाई सत्ता सुम्पने सहमति



वागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ । वागमती प्रदेश सरकारले असार १ गते प्रस्तुत गर्ने बजेट भाषणपछि प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेस वागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानीयाँले गर्ने भएका हुन् । संभवतः उनी असार १७ भित्र मुख्यमन्त्री बनिसक्ने कांग्रेस निकट श्रोतको दाबी छ ।

 

गत कार्तिक ११ गते एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको नेकपा एमालेको बागमती प्रदेश सरकारलाई विस्तापित गर्दै कांग्रेस-माओवादी केन्द्रको सहयोगमा एकिकिृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए । एमाले सरकारलाइ बिस्थापित गर्नेक्रममा गत कात्तिक ७ गते नै यो वर्षको बजेट भाषणपछि नेकपा एसले कांग्रेसलाई सत्ता सुम्पने सहमति भएबमोजिम बानीयाँ मुख्यमन्त्री बन्ने भएका हुन् ।

 

कांग्रेस वागमती प्रदेशका संसदीय दलका नेता बानियाँले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्ने बेला भएकाले जिम्मेवारीको बाँडफाँड पनि यसै अनुरूप गरिएको बताए।

 

नेपाली कांग्रेसका वागमती प्रदेश समति प्रवक्ता प्रभात तामाङले यसअघि सरकार गठन भएको बेला आधा कार्यकाल नेकपा (एकीकृत समाजवादी)ले र आधा कार्यकाल कांग्रेसले सरकार चलाउने सहमति भएको र सोहि अनुसारको निर्णय कार्यन्वयन हुने दाबी गरे ।

 

 

नेकपा एमालेको एकल बहुमत रहेको वागमती प्रदेशसभाको अंकगणीतमा नेकपा एकिकृत समाजवादीको विभाजनपछि फेरबदल भएको थियो । ११० जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा हाल १०९ जना प्रदेशसभा सदस्यहरु छन् ।

 

जसमध्ये सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका एक सांसद छन् ।

 

 

विपक्षमा रहेको नेकपा एमालेको ४३ जना सदस्यहरु छन् भने विवेकशील साझाका तीन, नेपाल किसान मजदूर पार्टी र राप्रपाका एक-एक सांसद छन् । वागमती प्रदेश सरकारको लागि सरकार गठन गर्न ५५ सांसदको समर्थन चाहिन्छ । जसअनुसार नेपाली कांग्रेस-नेकपा माओवादी केन्द्र तथा एकिकृत समाजवादीको मात्र सहमति भएपनि संख्या पुग्नेछ ।

Comments Box