नारायणहिटी दरबारमा रेस्टुरेन्ट; कम्पनीको सल्लाहकार आरजु , संसदिय समितीमा समेत होईन भनेका थिए योगेशले



एतिबेला बतास अर्गनाइजेसन चर्चामा छ । अर्गनाइजेसनले नारायणहिटी दरबार संग्राहलयमा रेस्टुरेन्ट खोल्नेगरी जग्गा भाडामा लियो । अहिले भवन निर्माण गर्नेदेखि लिएर सजावटको काम चलिरहेको छ ।

 

 

Narayanhiti _ Durbar _ Palace
File Photo: Narayanhiti Palace

 

बतास समूह अन्तर्गत बतास फाउण्डेसनको एडभाइजरमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा रहेको पाइएको छ । फाउण्डेसनले आफ्नो बेवसाइटमा राखेको सूचनामा आरजूलाई एडभाइजर (सल्लाहकार) को रूपमा राखेको छ । सन् २००८ मा स्थापना भएको बतास फाउण्डेसनको एडभाइजरको रूपमा आरजूसँगै डा. सुमन के. कर्ण, खेमराज उपाध्याय, क्रिस वार्डेल छन् ।

 

 

२०७६ माघ २२ गते प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बाल्दै तत्कालीन मन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कुनै होटल बनाउने योजना नरहेको सुनाएका थिए । उनले नारायणहिटी दरबार सङ्ग्रहालयको मापदण्डमा रहने बताएका थिए ।

 

 

यसबारेमा मंगलबार सामाजिक सञ्जालमार्फत योगेश भट्टराईले आफूले दरबार सङ्ग्रहालयभित्र होटल बनाउने विषयमा आफ्नो संलग्नता नरहेको प्रस्टोक्ति दिएका छन् भने दरबार सङ्ग्रहालयका प्रमुख भेषनारायण दाहालले भने पूर्व मन्त्रीको मौखिक निर्देशन अनुसार नै सङ्ग्रहालयभित्र रेष्टुरेन्ट बनाउने प्रक्रिया अघि बढेको दाबी गरेका छन् ।

 

संसदीय समितिमा ‘लाल बाकस’ खोजी

१५ भदौ (रासस) :  संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ ।

 

प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई विगतमा नारायणहिटी दरबारमा रहेको भनिएको ‘लाल बाकस’ बारे जिज्ञासा राखियो । सभापति रामनारायण बिडारीले भन्नुभयो, ‘“लाल बाकस खोज्नु प¥यो, तत्कालीन राजाका सचिव चीरन शम्शेर थापाले हामीसँग मौखिक रुपमा भन्नुभएको छ, त्यो छ ।”

 

पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छोड्ने क्रममा विभिन्न निकायले सामानको जिम्मा लिए, ‘लाल बाकस’ पनि पुरातत्व विभाग मातहत राष्ट्रिय अभिलेखालयमा राख्न प्रमुखलाई खबर गरे तापनि बाकस भने नआएको बताइएको छ । तत्कालीन पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालय प्रमुखलाई ‘लाल बाकस’ आउँदैछ, तयारी भएर बस्नु, त्यो भर्पाइ गर्नुपर्छ भनेर खबर गरिए पनि चिज नभएको तत्कालीन प्रमुखले संसदीय समितिलाई केही समयअघि जानकारी गराउनुभएको हो ।

 

परराष्ट्र मन्त्रालयको जैशी कोठा र गुन्सी खानाका हाकिम र तत्कालीन परराष्ट्र मन्त्रालयका सचिवसमेतले मुलुकका सन्धि, सम्झौता, कानुनलगायतका महत्वपूर्ण सक्कली सबै काजगात दरबारमा अनिवार्यरुपमा बुझाएका कागजात ‘लाल बाकस’ मा राखिने गरेको जानकारी गराउनुभएको थियो । सभापति रामनारायण बिडारीले भन्नुभयो, “किम्वदन्ती मात्रै हो, त्यो बाकस पहिल्यैदेखि नै छैन भने त्यही कुरा गर्न प¥यो, कि यहाँ छ भन्नुप¥यो, होइन भने हरायो भन्नु प¥यो । यो विषयमा सचिवको ध्यानाकर्षण गराएको हुँ ।”

 

समितिले हनुमानढोकास्थित बहुमूल्य बस्तु रहेको भनिएको बन्द घरमा के कति कस्ता सामग्री छन् खोलेर हेर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले हनुमानढोका दरबार क्षेत्रका भूकम्पछिको पुनःनिर्माणका क्रममा थुपारिएका पुराना तर महत्वपूर्ण काठलाई अस्रल्लरुपमा नछोडी यथाशीघ्र व्यवस्थापन गर्न पनि मन्त्रालय पदाधिकारीलाई निर्देशन दिएको छ ।

 

सभापति बिडारीले भन्नुभयो, “पन्ध्र दिनभित्र काठ व्यवस्थापनको काम गर्नु प¥यो, त्यो काम फटाफट हुनु प¥यो ।” समितिले केही समयअघि हनुमानढोका, नारायणहिटी, राष्ट्रिय पुस्तकालय, मृगस्थलीस्थित योगी नरहरिनाथ कुटीको स्थलगत अध्ययन अवलोकन गरेको थियो ।

Comments Box